२५ कात्तिक, काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि प्रतितोला सुनको मुल्य ४९ हजार ५ सय रूपैयाँ तोकेको छ ।
आइतबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको सुन सोमबार भने २ सय रूपैयाँले घटेको थियो ।
पछिल्ला दिनमा सुन निरन्तर ओरालो लाग्दै तोलाको ४९ हजार रुपैयाँसम्ममा झरेको थियो ।
अबका केही महिना सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै ओरालो लाग्ने क्रम जारी रहने विज्ञहरुले अनुमान गरेका छन् । यही रफ्तारमा सुनको भाउ ओर्लिएमा केही महिनामा सुन ४५ हजार रुपैयाँ तोलामा किन्न पाइने व्यवसायीहरु बताउँछन् ।
सोमबार स्थिर रहेको चाँदीको भाउ मंगलबार भने तोलामा ९० रूपैयाँले बढेको छ । अइतबार र सोमबार तोलामा ६ सय ८५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार तोलामा ७ सय ७७ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया 4