Comments Add Comment

सार्कको सुरक्षा तयारी पूराः गृहमन्त्री

२५ कात्तिक, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सम्मेलनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

सम्मेलनको व्यवस्थापन, आर्थिक, सुरक्षालगायत तयारीका विषयमा सम्मेलनको मूल तयारी समितिमा समीक्षा भएको छ । मूल समितिका संयोजक तथा प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा तयारीका लागि अधिकांश कार्य पूरा भएको विवरण दिइएको र बाँकी कार्य यही मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता सम्बन्धित मन्त्रालयले गरेका छन् ।

बैठकपछि गृहमन्त्री वामदेव गौतमले सम्मेलनको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिक्रिया दिए । उनले भने-‘हामी सम्मेलनका लागि तम्तयार अवस्थामा छौं ।’

परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले बैठकमा काठमाडौँको सौन्दर्यीकरणलगायत हालसम्मका कामको समीक्षा भएको र बाँकी कार्य यही मसान्तभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।

उनका अनुसार सम्मेलनमा ऊर्जा, रेल-वे र यातायातसम्बन्धी तीन अलग-अलग सम्झौता हुनेछन् । यस्तै काठमाडौं-नयाँदिल्ली यातायात सञ्चालनका लागि नेपाल र भारतबीच सम्झौता हुने परराष्ट्रमन्त्री पाण्डेले जानकारी दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट पाहुनाले नेपालका कतिपय धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रमबाट आफूहरू उत्साहित भएको उनले बताए ।

सार्कका लागि एक अर्ब निकासा

सरकारले सम्मेलन तयारीको कार्यका लागि हालसम्म एक अर्ब निकासा गरेको छ । अर्थमन्त्री डा. रामशरण महतका अनुसार कार्य सम्पन्न भइसकेको भुक्तानी दिन बाँकी रकम ३४ करोड छ । सम्मेलनका लागि सरकारले रु एक अर्ब ५१ करोड विनियोजन गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment