Comments Add Comment

नेबिसंघ महाधिवेशन आइतबारदेखि

nebisangha२५ कात्तिक, काठमाडौं । पटक पटक मिति तोकिएर स्थगित हुदै आएको नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन यही कात्तिक ३० गतेदेखि काठमाडौंको कीर्तिपुरमा हुने भएको छ ।

मंगलबार बसेको नेपाली काँग्रेस पार्टी पदाधिकारी बैठकले कात्तिक ३० देखि मंसिर २ गते महाधिवेशन गर्ने नेबिसंघको प्रस्ताव अनुमोदन गरी प्रस्तावित विधान समेत संसोधन गरेको छ ।

नेबिसंघको प्रस्तावित विधानअनुसार १ अध्यक्ष, निर्वाचित र मनोनित गरि २ महामन्त्री, ७ उपाध्यक्ष, ८ सहमहामन्त्री, १ कोषाध्यक्षसहित १ सय २१ सदस्यीय केन्द्रीय समिति हुने छ ।

पार्टी पदाधिकारीको निर्देशन अनुसार र अधिवेशन सम्पन्न गर्न पार्टी महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको निर्देशन समितिको निर्णय अनुसार सार्क शिखर सम्मेलन भए पनि रिङरोड बाहिर कीर्तिपुरमा अधिवेशन सम्पन्न गर्न सबै विद्यार्थी नेता सहमत भएका छन् ।

आकांक्षी धेरै भएपछि समस्या

नेबिसंघको नयाँ नेतृत्वको लागि आकांक्षीहरु धेरै भएपछि सहमतिमा ल्याउन हम्मे हम्मे भएको छ । संस्थापन पक्षबाट मनोजमणि आचार्य, क्षितिज भण्डारी, कुन्दन काफ्ले, दीपक भट्टराई, केदार कार्की, निलकण्ठ रिजाल, दीपक अधिकारी, बाबुराम कोइरालालगायत आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट एउटा मात्र प्यानल बनाउने प्रयासमा कांग्रेस नेताहरु गगन थापा, गुरु घिमिरे, गोबिन्द भट्टराई लगायतका नेताहरु खटिएका छन् । संस्थापन पक्षले एउटै प्यानल बनाउन नेविसंघका पूर्व अध्यक्षहरु पार्टी केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएको छ ।

यसैगरी देउवा पक्षमा जितजङ्ग बस्नेत, नैनसिंह महर, शुभराम बस्नेत लगाएतले नेबिसंघको नेतृत्वमा दावी गरेका छन् । आकांक्षीहरुलाई सहमतिमा ल्याउन विमलेन्द्र निधी, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरुले प्रयास जारी राखेका छन् ।  देउवा पक्षबाट जितजङ्ग बस्नेतको नेतृत्वमा एउटा मात्र प्यानल उठाउने पार्टीको तयारी छ ।

नेबिसंघको महामन्त्रीमा उर्मिला थपलिया, मोतिलाल भण्डारी, मनोज कोइराला, रत्न कार्की, सरोज थापालगायतले दाबि गरेका छन् ।

भित्तेलेखन र पर्चा पम्पलेट नगर्ने

नेबिसंघले यसपटक महाधिवेशन प्रचार प्रसारको लागि तुल, व्यानर, झण्डा प्रयोग नगर्ने र भित्ते लेखन नगर्ने जनाएको छ । प्रचार प्रसारका लागि सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर तथा संचार माध्यमको प्रयोग गर्ने महाधिवेशन प्रचार संयोजक मोतिलाल भण्डारीले जानकारी दिए ।

नेबिसंघले महाधिवेशनमा भ्रष्टाचार, कालोबजारी, महंगि, नेपाल बन्द, चक्काजाम र शिक्षण संस्था बन्द नगर्ने तथा चन्दा नउठाउने लगाएतका एजेण्डा तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment