Comments Add Comment

सेनाले बम हानेको घरमा प्रचण्डको बास

२५ कात्तिक, रोल्पा । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको मंगलबार रातिको बास रोल्पाको डाँडागाउँमा सेनाले बम हानेको घरमा हुने भएको छ ।

‘अध्यक्ष प्रचण्ड आज जनयुद्धकालमा आफू बसेको सेल्टरमै बास बस्दै हनुहुन्छ, स्वकीय सचिव चूडामणि खड्काले भने, ‘यही घरमा बस्दा सेनाले हेलिकोप्टरबाट घरमा मोर्टार हानेको थियो ।’

प्रचण्ड बास बसेको घर मानबहादुर घर्तीको हो । यो घर इतिहासका विद्यार्थी एवं पर्यटकहरुका लागि महत्वपूर्ण रहेको प्रचण्डले बताए ।

रोल्पाका जनतासँग कुरा गर्ने क्रममा प्रचण्डले आफू शान्तिपूर्ण आन्दोलनको माध्यमबाट अघि बढ्न चाहेको बताएका थिए । स्थानीयवासीले भने आफूहरु फेरि एकपटक बलिदानी दिन तयार रहेको बताएका थिए ।

यसैवीच प्रचण्डले जयपुरी घर्तीको घरमा पुगेर दही खाएका छन् । पूर्वसभासद जयपुरी पार्टी विभाजनपछि वैद्य माओवादीमा छिन् । प्रचण्डको टोली पुग्दा जयपुरी घर्ती भने घरमा थिइनन् । घरमा जयपुरीकी आमा र भाइमात्र रहेको खड्काले बताए ।

मंगलबार रोल्पा पुगेका प्रचण्डले जनयुद्धकालमा खनिएका बंकरहरुको पनि निरीक्षण गरेका छन् । सोमबारदेखि रोल्पाको भ्रमणमा निस्केका प्रचण्डको जिल्लाका विभिन्न गाउँमा घुम्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment