Comments Add Comment

‘कम्प्यूटरको ठाउँमा मोबाइल एप्सबाट काम गर्न सकिन्छ’

Ncell-App-Camp
२६ कात्तिक, काठमाडौं । एनसेलले एप क्याम्पका उत्कृष्ट १५० समूहमध्ये कर्पोरेट सल्यूसन्स अन्तर्गत मोबाइल एप बनाउन चाहने सहभागीहरुलाई विषयगत ज्ञान प्रदान गर्ने उद्देश्यले छुट्टै सेमिनार आयोजना गर्‍यो ।

सेमिनारमा विषयगत क्षेत्रका विज्ञहरुले एप क्याम्पका प्रतिस्पर्धीहरुलाई स्थानीय आवश्यकता र बजारलाई बुझेर एप निर्माण गर्न सुझाव दिएका छन् । सहभागीहरुलाई सम्बन्धित विषयबारे थप ज्ञान प्रदान गर्ने र प्रभावकारी एप निर्माणका लागि हौसला प्रदान गर्न आयोजित उक्त सेमिनारमा सहभागीहरुले अन्तराष्ट्रिय कारोबार गर्दा आइपर्ने समस्याहरुबारे जिज्ञासा राखेका थिए ।

प्रतिस्पर्धी विद्यार्थीहरुलाई सम्बोधन गर्दै सेमिनारका प्रमुख वक्ता तथा एनसेलका कार्यकारी प्रमुख एरिम टायलेनलरले एप निर्माणको क्रम विश्वमा अत्यन्तै द्रूत गतिमा भइरहेको बताए । ‘नेपालको सन्दर्भमा रहँदा नेपालीहरु नयाँ प्रविधिको विकास र बजारमा त्यस्ता प्रविधिको उपलब्धता बारे धेरै सुसूचित रहेछन् । बजारमा कुन मोबाइल फोन आइसक्यो भन्ने उनीहरुलाई राम्रै हेक्का रहेछ ।’ उनको भनाई थियो ।

नेपालमा मोवाइल एपको प्रयोग बढाउन स्मार्टफोनको प्रयोग बढाउनु जरुरी हुने भएकाले यो नेपालका लागि एउटा चुनौती हो । तर, स्मार्ट फोनहरुको मूल्य घटिरहेको अवस्थामा यो दिनानुदिन सम्भव हुँदै छ, टायलेनलरले भने । उनले एनसेलले देशका विभिन्न दुर्गम क्षेत्रमा आफ्नो नेटवर्क पुर्‍याउने प्रयास गरिरहको बताए । यसका लागि सम्बन्धित सरकारी निकायबाट अनुमति कुरिरहेको उनको भनाई थियो ।

नेपालमा एपनिर्माण गर्दा निर्माताहरुले झेल्नुपर्ने समस्याबारे छलफल गरियो । सहभागीहरुले अन्तराष्ट्रिय कारोबार गर्ने क्रममा झेल्नुपर्ने समस्या उल्लेख गर्दै नेपाली टेलिकम वा बैंकहरुले यसको समाधान दिनसके सहज हुने जिज्ञासा राखेका थिए ।

‘हामीले हाम्रा सम्भावित ग्राहकहरुबाट पैसा लिन र विदेशी कम्पनीमा आफ्नो एप रजिस्टर गर्दा लाग्ने शुल्क कसरी तिर्न सक्छौं? प्रतिस्पर्धाका सहभागी देव गुरागाईंले वक्ताहरुलाई सोधेका थिए ।

‘हामीले आफ्नो एकाउण्टबाट ग्राहकहरुलाई त्यस्तो कारोबारमा सहयोग गर्दै आइरहेका छौं । तर, हाम्रा ग्राहकहरुले उहाँहरुको खाताबाट सोझै त्यस्तो कारोबार गर्न भने मिल्दैन’ नबिल बैंकका कार्यकारी प्रमुख विनय रेग्मीले भने ।

रेग्मीले नेपालका दुर्गम क्षेत्रहरुमा मोवाइल एपबाट बैंकिङ गर्न मिल्ने खालको एप भए बिजुली कम भएको अवस्थामा पनि ग्राहकले कारोबार गर्न सक्ने बताए । हुम्ला, जुम्ला लगायतका क्षेत्रमा कम्प्युटरबाट कारोबार गर्न सम्भव नभए मोबाइलबाट सहज हुन्छ । तर, त्यसको लागि उपयुक्त एप आवश्यक हुन्छ, रेग्मीले भने ।

कार्यक्रममा वक्ताहरुले एप निर्मातालाई एप निर्माण गर्दा आफूले लक्षित गरेको व्यवसायलाई राम्ररी बुझ्न आग्रह गरेका थिए । मोबाइलको भविष्य नै सबै कुराको भविष्य हो । ‘मोबाइल एप त्यस्तो चीज हो जसले सबै कुरालाई चलायमान बनाउँछ, ज्योति ग्रुपका निर्देशक तथा स्याकर ट्रेडिङ्ग प्राइभेट लिमिटेडका सभापति सौरभ ज्योतिले भने ।

त्यसैगरी, हामा स्टीलका निर्देशक राजन श्रेष्ठले स्थानीयताको अनुभूति गराउने खालको एपनिर्माण गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment