Comments Add Comment

बिहीबारका छापामा मुख्य खबर

राजधानीबाट बिहीवार प्रकाशित दैनिक पत्रिकाहरुले संवैधानिक राजनीतिक संवाद समिति सभापति बाबुराम भट्टराईबारेका फरक फरक कोणका खबर छापेका छन् ।

नागरिक दैनिकले सभापतिमाथि पार्टी नेता हावी, विवादितलाई मेडिकल काउन्सिल अध्यक्ष, राज्यको लकरमा रारा, सुशासन समितिले अख्तियार बोलायोलगायतका खबर छापेको छ ।

राजधानीले एमाओवादी रणनीतिको सिकार बन्दै संवाद समिति, संविधिानबारे अन्तर्राष्ट्रिय समुदायलाई बि्रफिङ, कांग्रेस मन्त्रीबाट पार्टीकै निर्देशन अवज्ञालगायतका खबर छापेको छ ।

अन्नपूर्ण पोष्टमा विप्लव योजना, एमाओवादी माघ ८ विथोल्दै, दुई खेलमा सफलतालगायतका खबर छन् ।

नयाँ पत्रिकामा के फुट्दै छन् वैद्य-विप्लव, परिवारलाई दोष लगाएर प्रेमिकाको बचाउ गर्दै पारस, गच्छेदारलाई फकाउादै ओली, प्रहरीमा दुई हजार पद रिक्तलगायतका खबर छन् ।

गोरखापत्रमा रात्रिकालिन अदालत सञ्चालनको तयारी, अव विकासको ढोका खुल्छः प्रधानमन्त्री, पर्यटनमा नेपाल सार्ककै उत्कृष्ट, भारतीय सेनाध्यक्ष नेपालमा लगायतका खबर छन् ।

gopa-27 naya-27 rajdhani-27nagarik-27anna-27

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment