Comments Add Comment

दीपिकाको फिल्म हरेरेर सिट्ठी बजाएँ: गोबिन्दा

govinda
मुम्बई । नब्बेको दशकमा नम्बर वान नायकको उपाधि पाएका थिए गोबिन्दाले । तर, उनले आफ्नो पालाका कलाकारप्रति भरोसा राख्न छाडेछन् । दोस्रो पुस्ताका कलाकारप्रति भने बढी नै उत्साहित रहेछन् उनी ।
मुख्य भुमिका नभएर के भो त ? सहायक भुमिकामा भएपनि यशराज फिल्मस्को ब्यानरमा बनेको ‘किल दिल’ र सेफ अलि खानको ‘ह्याप्पी इण्डिङ’ मा अभिनय गरेका छन् उनले ।
उनी भन्छन- नयाँ पुस्ताका कलाकारसंग पुरानाहरुको दौड सम्भव छैन । आफ्नो पालाका कलाकारले खासै मेहनत नगरेको धारणा राख्ने गाबिन्दा अहिलेका कलाकारलाई मेहनती देख्छन् ।
‘हामी यति धेरै जाँगरीला थिएनौं जति जाँगरिला अहिलेका कलाकार छन् । गोबिन्दाको भनाइ अनुसार ८० को दशकमा जतिवेला उनी सेटमा पुग्थे, कलाकारहरु माथी विषेश ध्यान दिने चलन थियो । ‘त्यतिवेला हामी लगभग कसैवाट पालिएका जस्ता हुन्थ्यौं, हाम्रा हरेक प्रसंगमा बढी चासो लिइन्थ्यो । तर,अहिले त्यस्तो छैन हरेक कलाकार आफ्नो लागि आफै केही गर्न सक्छन् ।’ उनले भने ।
रणबीर सिंह र दीपिका पादुकोणको अभिनयवाट प्रभावित भएको धारणा राख्दै गोबिन्दाले भने ‘केही वर्ष देखी सिनेमा हेरेर सिट्ठी बजाउन पाएको थिइन तर, दीपिका र रणबीरको फिल्म हेरेर सिट्ठी बजाएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment