+
+

भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइदै

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २७ गते १०:४२

Dalbir singh२७ कात्तिक । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलबिर सिंहलाई विहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानि चिन्ह प्रदान गरिदै छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा अपरान्ह ४ बजे हुने विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले सिंहलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानि चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

त्यसअघि उनी काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन गर्न पुगेका छन् । काभ्रेबाट फर्केलगत्तै प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोख्रेलले जानकारी दिए ।

प्रधानसेनापति गौरव समशेर जबराको निमन्त्रणामा सिंह बुधबार नेपाल आएका थिए । नेपाल आएलगत्तै उनले जंगी अड्डामा प्रधानसेनापति जबरासँग भेटवार्ता गरेका थिए । सेनाध्यक्ष सिंहले आसन्न सार्क शिखर सम्मेलनको सुरक्षा तयारी र नेपाली सेनालाई उपलब्ध गराउने सहयोगबारे समकक्षी जबरासंग छलफल गरेका थिए ।

चारदिने नेपाल बसाइको क्रममा उनले मुस्ताङको जोमसोम सैनिक उच्च शिखर शिक्षालय, पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय तथा सेनाको पश्चिम पृतनाको भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?