+
+

माइक्रोम्याक्सले भित्रायो नयाँ स्मार्टफोन, यस्ता छन सुविधाहरु

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २७ गते ११:००

२७ कात्तिक, काठमाडौं । माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास ‘निट्रो ए३१०’ स्मार्टफोन भित्राएको छ । यस स्मार्टफोनमा चम्किलो स्वरुप, उत्कृष्ट प्रदर्शन र युजर इन्टरफेसका साथै ग्राहकलाई चाहिने अधिकांश एप्सहरु रहेका छन् । यसको नेपाली बजारमा २१ हजार रूपैयाँ मूल्य तोकिएको छ ।

यसमा शक्तिशाली १.७ गीगाहर्ज ट्रुअक्टा कोर प्रसेसर रहेको छ । यस्तै पाँच इन्चको एचडी आइपीएस डिस्प्ले रहेकोका कारण Canvas-Nitro-A310-final
स्मार्टफोनमा डाइनामिक कन्ट्रास्ट र कलर भाइब्रेन्सी रहेको छ । चसले ग्राहकहरुलाई गुणस्तरको ग्राफिक प्रदान गर्नेछ ।

आधुनिक प्रविधिको एन्ड्रोइड ४.४ किटक्याटमा चल्ने यस स्मार्टफोनबाट ग्राहकहरुले Voice Search, Google Drive, Hangouts for Video calls / Smart Contact Prioritization जस्ता उत्कृष्ट सुविधाहरु प्राप्त गर्न सक्ने बताइएको छ ।

लेदर फिनिसिङ भएको निलो रङमा आउने यो स्मार्टफोनमा QuickLook, Smart Alerts, All-in-one Camera Widget र व्यक्तिगत बनाउन सकिने विशेष संकेतहरु पनि रहेका छन् ।

स्मार्टफोनमा १३ मेगापिक्सेल अटोफोकस फ्लास क्यामेरा रहेको छ । जसले गर्दा उत्कृष्ट गुणस्तरको फोटोहरु खिच्न सकिने कम्पनीले दाबी गरेको छ । ग्राहकहरुले फोनको All-in-one Camera Widget का मद्दतले सामान्य, फोटो, भिडियो, सेल्फी, अघि-पछि क्यामराको परिवर्तन गर्न सक्नेछन ।साथै यस फोनमा भएको 5MP Fixed Focus Front Camera का साथ उत्कृष्ट क्ल्यारिटिको सेल्फी खिच्न सकिनेछ ।

नोटिफिकेसनका लागि क्विक लक

ग्राहकहरुले आफुलाई चाहिएका विभिन्न सुविधाहरुका लागि धेरै एप्लिकेसन खोल्नुपर्दैन । QuickLook का साथमा अब सबै सामाजिक सञ्जाल तथा अन्य नोटिफिकेसनहरु एउटै स्क्रिनमा देख्न सकिने छ । कलेजजस्तो इन्टरफेसको माध्यमबाट विभिन्न वर्गका सूचनाहरु, फेसबुकका नोटिफिकेसनहरु, ट्वीटरका नोटिफिकेसनहरु तथा मौसमको जानकारी जस्ता सुविधाहरु एकै पटकमा प्रयोग गर्न सकिन्छ ।

स्मार्ट अलर्ट

यसमा स्मार्ट अलर्टको सुविधा छ, जसले ग्राहकलाई स्क्रिन लक भएपनि नोटिफिकेसनहरु हेर्न मद्दत गर्दछ । जब त्यहाँ कुनै नोटिफिकेसनहरु हुँदैनन् त्यहाँ पृष्ठभूमिमा सेतो डिजिटल क्लक हुनेछ । नोटिफिकेसनको मामलामा, प्रत्येक नोटिफिकेसनका लागि व्यक्तिगत आइकनका साथ स्त्रिmनमा एउटा व्याण्ड देखिन्छ र व्याण्डको कलरले नयाँ नोटिफिकेसनलाई अंकित गर्छ ।

कस्टुमाइज स्मार्ट जेस्चर

फोनमा pinch in, pinch out, 2 finger flick up, 2 finger flick down, 2 finger flick left, 2 finger flick right जस्ता आफैले मिलाउन मिल्ने विशेषताहरु रहेका छन् । जसले मेसेज हेर्न, एप्स खोल्न, म्यूजिक भोल्यूम मिलाउन, प्ले/पज गर्न पनि मद्दत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?