Comments Add Comment

संगीतकार बिजु बज्रलाई उपचार सहयोग

biju-bajra-help
हृदयघात भएर उपचार गराइरहेका संगीतकार बिजु बज्रलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले आर्थिक सहयोग गरेका छन् । प्राप्त आर्थिक सहयोग संगीतकार बज्रलाई हस्तान्तरण गरिएको छ ।

अष्ट्रेलियाको सिड्नीबाट गायक ईश्वर पोख्रेलको संयोजकत्वमा सिड्नीमा बस्दै आएका गायक, गायिका तथा कला साहित्यलाई माया गर्ने सम्पूर्ण व्यक्तिहरुले संगीतकार बिजुको सहयोगका लागि संकलन गरेको रकम हस्तान्रण गरिएको हो । लोक गायिका मञ्जु पौडेलले १ लाख ६६ हजार ५ सय हस्तान्तरण गरेकी थिइन् । गायिका पौडेलले नेपाल अष्ट्रेलिया यूथ एसोसियसन, नेपालीटच, व्ही टिम आदिले सहयोग गरेको जानकारी दिइन् ।

यस्तै, प्रस्तोता समाजले पनि नगद ३३ हजार २ सय सहयोग गरेको छ । समाजका अध्यक्ष रामकृष्ण ढकालले नगद हस्तान्तरण गर्दै थप सहयोग जुटाउन पहल भैरहेको बताए । यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि सहयोग रकम जुटाइरहेको जानकारी दिएको थियो । संगीतकार बज्रले सबै सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए । उनले अबको डेढ बर्षको कमाई संगीतकार कल्याण कोषलाई दिने घोषणा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment