Comments Add Comment

‘मध्यपहाडी राजमार्गको ट्रयाक परिर्वतन’

२७ कात्तिक, नुवाकोट । बहुप्रतिक्षित मध्यपहाडी राजमार्गको निर्माण कार्य अन्तरगत नुवाकोटको सामरीमा ट्रयाक परिवर्तन भएको भन्दै स्थानीयवासीले आपत्ती जनाएका छन् । सामरी गाविसको ४ स्थित जोर चौतारोमा केही मानिसहरुले आर्थिक प्रलोभन देखाइ पहिले नाप भएको भन्दा अन्यन्त्रबाट सडक विस्तार गर्न लागेको स्थानीयको भनाइ छ ।

सर्भे गरिएको भन्दा अन्यत्रबाट सडक लैजादा जोखिम बढ्ने र आफूहरुको खेतजग्गा पनि पुरिने भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई लिखित तथा मौखिक रुपमा ध्यानाकर्षण समेत गराएका छन् ।

सामरीका बासिन्दाहरुले राखेको मागको सम्वोधन गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले आश्वासन दिएका छन् । पहिले सर्भे भइसकेको ट्रयाक परिवर्तन गर्न नमिल्ने भएकाले पूर्ववत रुपमा काम हुने वातावरण मिलाउने निरौलाको भनाइ छ ।

– कपिलदेव खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment