Comments Add Comment

छोरा स्कुल गएपछि हिरोसँग नाच्दै संचिता

sanchita-luitel

चलचित्र ‘नाइ नभन्नु ल ३’ वाट नायिका सञ्चिता लुइटेलको पूनरागमन भएको छ । विकास आचार्य निर्देशित यो चलचित्रमा सञ्चिताले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।
अभिनेता निखिल उप्रेतिसाग बिबाह गरेकी सञ्चिता दुई सन्तानको आमा बनेपछि फिल्मवाट टाढा भएकी थिइन् ।

‘दुई वटा बाबु भएपछि फिल्ममा काम गर्न सम्भव भएन, त्यही कारण केही वर्ष हराएा, उनले भनिन् । अब अभिनयलाइ निरन्तरता दिने योजनामा रहेकी सञ्चिता दुबै छोरा स्कुल जान थालेकाले सजिलो हुने बताउछिन् । ‘बाबुहरु स्कुल जान थाले अब मलाइ फिल्म खेल्न समस्या छैन ।’ उनले भनिन् ।

बितेको चार वर्षमा उनि रिलमा मात्रै नभएर रियलमा पनि चलचित्रकर्मीवाट टाढै रहिन् । सिमित फिल्मी कार्यक्रममा उपस्थित भएकी सञ्चिता छोराहरुको स्याहार सम्भारकै कारण सहकर्मिबाट टाढा भएको बताउछिन् । ‘कार्यक्रममा उपस्थित हुने र भेटघाट मात्रै घटेको होइन, यो चार वर्षमा हलमा गएर फिल्म हेर्न पनि पाइन ।’ गृहणी भएर घरमै रमाउन वाध्य भएको भन्दै नायिका लुइटेलले भनिन् ।

पुनरागमन पछिको पहिलो सुटिङ बुढानीलकण्ठमा भएको थियो । सुटिङ स्थलमा पुग्दा नौलो संसारको अनुभव गरेकी सञ्चिताले केही प्राविधिकलाइ देखेपछि सामान्य महशुश गरिन् । उनले भनिन्-‘पहिले काम गरेका प्राविधिकहरु भेट भएपछि छुट्टै रमाइलो लाग्यो ।’sanchita-and-suraj

अघिल्ला दुई सिक्वेल हिट भएकाले पनि ‘नाइ नभन्नु ल -३’ मा आबद्ध हुनुलाई एउटा उपलब्धिको रुपमा लिएकी छिन् उनले । चलचित्रको ‘शीर्ष गीत’मा उनले नै अभिनय गर्ने भएकी छिन् । पति निखिल उप्रेतीको मुख्य भुमिकामा तयार हुन लागेको चलचित्र ‘लुटेरा’ मा अतिथी भुमिका निर्वाह गर्न लागेकी सञ्चिता अन्य केही फिल्मवाट पनि प्रस्ताब आएको बताउछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment