२७ कात्तिक काठमाडौं । सुनसरीको इटहरीमा प्रधान कार्याल रहेको भोजपुरे ज्वेलर्सले आफ्नो दोस्रो शाखा काठमाडौंको कोटेश्वरमा विस्तार गरेको छ ।
ज्वेलर्सले काठमाडौं कोटेश्वरको महादेवस्थान मार्गमा बुधबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन गायक आनन्द कार्कीले गरे ।
नौ वर्ष अगाडि इटहरीको गोल्डेन चोकमा सुन चाँदीका गहना बिक्री गर्ने उद्देश्यले स्थापित ज्वेलर्सले केही वर्षअघि सुनसरीकै हासपोसामा पहिलो शाखा विस्तार गरिसकेको छ ।
ज्वेलर्सका सञ्चालक खेम रिसालले ग्राहकको चाहनाअनुरुप नेपाली परम्परागत तथा विदेशी आधुनिक गरगहनाका बिक्री गर्ने उद्देश्यले शाखा सञ्चालन गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4