Comments Add Comment

सार्कमा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

२७ कात्तिक, काठमाडौं । सार्क सम्मेलनका अवधिभर सरकारले उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बेठकले मंसिर १० र ११ गते विदा दिने निर्णय गरेकोहो ।

विद्यालयहरुमा भने चार दिने विदा दिइनेछ । ९ गतेदेखि १२ गतेसम्म विद्यालयहरुमा विदा दिने निर्णय भएको छ । सार्कमा सहभागी हुने आउने अतिथीको आवागमन र सुरक्षाका लागि विदाको निर्णय गरिएको हो ।

सम्मेलनका क्रममा सरकारी बाहेकका सवारी साधन एक दिन जोड र अर्को दिन बिजोड नम्बरलाई सञ्चाल गर्न दिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment