Comments Add Comment

सार्कमा ३२ वटा गाडीको भाडा मात्रै एक करोड ४५ लाख

३० कात्तिक, काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखबर सम्मेलनका लागि सरकारले भारतबाट ६ वटा बुलेटप्रुफ मार्सिडिज गाडी शनिवार ल्याएको छ ।

सम्मेलनमा आउने विभिन्न देशका राष्ट्रप्रमुखहरुका लागि ती गाडी ल्याएको हो । बुलेटप्रुफ ती गाडी एयर कार्गो मार्फत शनिवार काठमाडौ ल्याइएको नयाँ पत्रिकामा खबर छ ।

भारतले सार्क सम्मेलन अवधिभर प्रयोग गर्न गाडी निःशुल्क दिएको हो । ती गाडी नेपाली सेनाको जिम्मामा अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैनिक ब्यारेकमा राखिएको छ । भारतबाट ल्याइने अन्य ३२ वटा गाडी भने सडक मार्ग हुादै ल्याइादै गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले जानकारी दिए ।

भारतको विदेश मन्त्रालयको पहलमा इन्डिया टुरिजम डेभलपमेन्ट कर्पोरेशनबाट ती गाडी भाडामा ल्याउन लागिएको हो । शनिवार ल्याइएको गाडीको भाडा तिर्नुनपर्ने भए पनि स्थलमार्गबाट आउने गाडीको भने भाडा तिर्नुपर्नेछ । १७ दिन प्रयोग गरेवापत ३२ वटा गाडीको भाडा एक करोड ४५ लाख सरकारले तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment