Comments Add Comment

के छ त्यो दयाहाङ राईमा ?

actors daya haan rai and  aisha rai at mandala  natak ghar on saturdayकाठमाडौ । अहिले पनि कट्टर फिल्म निर्माताका रुपमा चिनिन्छन् छबिराज ओझा । कट्टर यस अर्थमा कि आफुले बनाउने फिल्ममा आफ्नै तौर तरिका लाद्न खोज्छन् । निर्देशकदेखि कलाकार समेतमा राम्रै प्रभाव पार्ने ओझा चलचित्र ‘लोफर’ बनाउँदा भने अलि फरक देखिए ।
निर्देशक आदित्यबिक्रम लम्सालले फिल्मको नायकमा दयाहाङ राइलाई राख्नुपर्छ भनेर राखेको प्रस्ताव सहजै माने । फिल्म चलाउनका लागि चकलेटी हिरो नै चाहिन्छ भन्ने मान्यता राख्ने ओझा समेत दयाहाङलाई हिरो बनाउन सहमत भएपछि ‘के छ दयाहाङमा त्यस्तो गुण ?’ भन्दै मुलधारका फिल्मकर्मीविच दयाहाङको चर्चा सुरु भयो ।
निश्चल बस्नेत निर्देशित ‘लुट’ वाट फिल्मी यात्रा सुरु गरेका राइलाई धेरैले फरक शैलीका फिल्मका नायक मात्र बुझे । प्रारम्भमा फरक शैलिका फिल्ममा अभिनय गरेका दयाहाङ क्रमशः सर्वस्वीकार्य नायकको रुपमा स्थापित भैसकेका छन् ।
मौलिक मात्रै हैन पक्का ब्यबसायिक फिल्म बनाउनेले पनि दयाहाङलाई महत्वको सूचीमा राखेपछि उनको चर्चा एकाएक बढेको छ । सफल निर्माताका रुपमा चिनिएका दीपकराज गिरीले समेत नयाँ फिल्म ‘वडा नम्बर ६’ मा दयालाई अनुबन्ध गराएका छन् ।
साँच्चै के छ त्यो दयाहाङ राईमा ? अब यसको जवाफ दिनुपर्ने बेला आएको छ दयाले नै । जसका लागि उनले दर्शकको मन जित्नैपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment