Comments Add Comment

मध्यरातमा इन्दिराको बैशको चर्चा, भनिन्-म त लोकल ब्यूटी लोकल'(फोटो फिचरसहित)

indira-joshi
विजय आवाज /हेटौडा
घाम डुब्दै गएपछि हेटौडाको एक रिसोर्टको चहलपहल एकाएक फेरियो । हेटौडाका करिब २ सय भन्दा बढी बासिन्दा रिसोर्टको वरपर भेला भए । दिउँसोबाट नै झकिझकाउ बनाउँदै रिसोर्टमा तयार पारिएको स्टेजमा फिल्मी पहिरनमा केही यूवाहरु नृत्य सिक्दै थिए ।
झमक्क साँझ परेपछि कृत्रिम बत्तीहरुले स्टेज झलमल पारियो । हेटौडाको मुख्य शहरबाट केही पर भएकाले पनि त्यहाँका बासिन्दाले यो रमझमको भेउ पाउन भने सकेनन् ।
बेलुकी ७ बज्दै गर्दा एकाएक गायिका ईन्दिरा जोशी स्टेजमा देखिइन् । अन्य समयमा केही टाइट पहिरनमा देखिने इन्दिरा यसपटक भने केही शालिन देखिइन् । तर, पनि हेटौडामा बढ्दै गएको जाडोले उनलाई चुनौती भने दिइरहेको थियो ।
प्रसंग थियो, चलचित्र ‘फन्को’को एक गीतको छायांकनको । ‘म त लोकल व्यूटी लोकल, म त लोकल क्यूटी लोकल’ बोलको गीतको छायांकन शुक्रबारदेखि सुरु गरिएको थियो । आफ्नै म्यूजिक भिडियोमा मोडलिङ गर्दै आएकी इन्दिराका लागि चलचित्र अनुभव पहिलो पटक थियो । fanko-shooting
चलचित्रको गीतमा पहिलो पटक नृत्य गर्दै गरेकी इन्दिराका लागि केही असहज हुनु स्वभाविक नै थियो । इन्दिरालाई नृत्य निर्देशक कविराज गहतराज डान्स गर्न सिकाउँदै थिए ।
इन्दिरा नाच्दै गर्दा उनको गीत सुन्न र नाच हेर्न रिसोर्ट परिसरमा २ सय बढी दर्शक भेला भए । छायांकार सन्जय लामाले उनीहरुलाई पनि आफ्नो क्यामेरामा कैद गरे । इन्दिराले आफ्नो वैशको कुरा गर्दै गर्दा उनको नृत्य हेर्न नायिका प्रियंका कार्कीको साथमा दुई कलाकार सौगात मल्ल र दयाहाङ राई पनि देखिए । saugat-daya-and-priyanka
चलचित्रमा इन्दिरा आफ्नै वास्तविक नामबाट कन्सर्टमा सहभागी भएकी हुन्छिन् । यता, राजमार्गबाट भाग्दै आएका तिन पात्रहरु दयाहाङ, सौगात र प्रियंका उनकै कन्सर्ट हेर्न पुग्छन् । यसैका लागि स्टेज बनाएर छायांकन भैरहेको थियो ।
नृत्यको काम भएकाले पनि निर्देशक सुवर्ण थापा केही फुर्सदिला देखिए । उनले आफूले यो पटक पूर्ण रुपमा व्यवसायिक चलचित्र बनाएको बताए । यसअघि ‘सुनगाभा’ चलचित्र बनाएका सुवर्णका लागि ‘फन्को’ चुनौतीपूर्ण नै थियो । सुवर्णले आफूले व्यवसायिक चलचित्र बनाएर दर्शक र निर्मातालाई खुशी बनाउने बताए । indira-joshi-1
निर्माता नरेन्द्र महर्जन पनि चलचित्रको एक गीतका लागि लगाइएको सेट देखेर दंग थिए । उनले चलचित्रलाई व्यवसायिक बिषयमा ढालेको बताउँदै सुवर्ण थापाले कथा सुनाएसँगै आफूले हुन्छ भनेको बताए । नरेन्द्रले भने-सौगात, प्रियंका , दयाहाङको साथमा केकी अधिकारी बजारमा चलेको अवस्थामा मैले चुनौती स्विकार गरेको हुँ । सधै चलेका अनुहार मात्र लिने हो भने, दर्शकलाई पनि वाक्क लाग्छ । फेरि मेरो चलचित्रका चारै जना कलाकार केही समय नचलेका हुन्, नचिनिएका होइनन् ।’
छायांकन स्थलमा सर्वाधिक व्यस्त देखिए संगीतकार चेतन सापकोटा । काठमाण्डौबाट संचारकर्मीलाई बोलाउनेदेखि सम्पूर्ण व्यवस्थापन गर्न उनी लागेका थिए । उनको काम तारिफ गर्न योग्य थियो । चेतनले छायांकनरत गीतले दर्शकलाई नयाँ टेष्ट दिने बताए । उनले, ‘फन्को’का सबै गीत राम्रो भएको भन्दै श्रोता तथा दर्शकले माया गर्ने विश्वास व्यक्त गरे ।
मध्यरातको जाडोमा पंखाको चिसो हावासँगैको छायांकन गायिका र कोरस डान्सहरुका लागि सहज थिएन । तर, पनि बारम्बार तातो चियाको सुर्कीले उनीहरु जाडो भगाउँदै नाचिरहेका थिए । रातभर चलेको यो गीतको छायांकन आज मात्र सकिनेछ । चलचित्रमा बेल्जियममा बस्दै आएका एनआरएन सहदेव गौतम र पदम गुरुङले पनि लगानी गरेका छन् । fanko-crowd
सुटिङ रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment