Comments Add Comment

राजश्व विभागको करदातालाई छुट योजना

IRD-samman-6

१ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई कर तिर्न आउँदो पुस मसान्तसम्म विभिन्न छुटका योजना ल्याएको छ ।

तेस्रो राष्ट्रिय कर दिवसका अवसरमा आज राजधानीमा आयोजित नगर पदयात्रापछि  विभागका महानिर्देशक चूडामणि शर्माले नागरिकले तिरेको करले देशको विकास, निर्माणमा खर्च गरिने हुँदा प्रत्येक नागरिकलाई समयमा नै कर तिरी जिम्मेवार बन्न आग्रह गरे ।

लाजिम्पाटस्थित विभागको कार्यालयबाट निकालिएको पदयात्रा लैनचौर, त्रिदेवीमार्ग, जमल, घन्टाघर, रत्नपार्क, भद्रकाली, सहिदढोका हुँदै बागदरबारमा गएर समापन भएको थियो ।

करदातामैत्री कर प्रशासन, समृद्धि र सुशासन हाम्रो अभियान, तोकिएको अवधिमा कर तिर्ने बानी बसालौँ’ भनी लेखिएका सन्देश सहभागीले बोकेका थिए । पदयात्रामा करिब एक हजारको सहभागिता थियो । नेपालमा विभिन्न उद्योगी, पेसाकर्मी तथा करदाता गरी करिब १२ लाख करको दायराभित्र रहेको बताइएको छ ।

यसैबीच आजदेखि एक सातासम्म कर सप्ताहसमेत सुरु भएको छ । यस अवधिभर करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरिने बताइएको छ ।

विराटनगरमा पनि सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आजदेखि तेस्रो राष्ट्रिय कर दिवस सुरु भएको छ । सो अवसरमा आन्तरिक राजस्व कार्यालय विराटनगरले विराटनगर बजारमा प्रभातफेरिको आयोजना गरी कार्यक्रमको शुभारम्भ गरेको छ ।

प्रभातफेरि कार्यक्रममा सभासद् एवम् मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडा, प्रजिअ गणेशराज कार्की, आन्तरिक राजस्व कार्यालयका प्रमुख गोपाल कोइरालालगायत कार्यालय कर्मचारी तथा व्यापारीको सहभागिता थियो ।

कार्यक्रममा सभासद् एवम् मोरङ व्यापार संघका अध्यक्ष  शारडाले राष्ट्रलाई समृद्धि बनाउनका लागि समयमै कर तिर्नुपर्नेमा जोड दिए । प्रजिअ कार्कीले  कर बुझाउने प्रक्रिया सरल बनाउनाका साथै पारदर्शी ढङ्गले कार्य गर्न कर्मचारीलाई निर्देशन दिए ।

राजस्व कार्यालयका प्रमुख कोइरालाले कर बुझाउनेसम्बन्धी जागरुकता ल्याउनका लागि अन्तरक्रियालगायत कार्यक्रम गरिने जानकारी गराए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment