Comments Add Comment

मोदीको सुरक्षार्थ पोखराका कुकुर रुपन्देही पुगे

dog-1

सलमान खान

३ मंसिर, भैरहवा । सार्क सम्मेलन नजिकिँदै गर्दा रुपन्देहीका सीमा नाकामा तालिम प्राप्त कुकुरमार्फत चेकजाँच सुरु गरिएको छ ।

जिल्लाको बेलहिया नाकामा पश्चिामाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट ल्याइएका तालिम प्राप्त कुकुरद्वारा बुधबारदेखि चेकजाँच सुरु गरिएको हो । यी कुकुरहरुले सुँघेर बिस्फोटक पदार्थ पत्ता लगाउन सक्ने प्रहरीले बताएका छन् ।

प्रहरी नायव निरीक्षक बिक्रमबहादुर थापाको कमाण्डमा क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट चारजना प्रहरी कर्मचारीसहित दुईवटा कुकुर रुपन्देहीमा ल्याइएको प्रहरीले जनाएको छ । बुधबार प्रहरीले बेलहिया नाकामा कुकुरमार्फत चेकजाँच गरेका छन् ।

‘लेबरोटर र जर्मन सेर्फड नामक प्रजातिका दुईवटा कुकुरहरु मार्फत रुपन्देहीका विभिन्न सीमा नाकामा चेकजाँच गरिरहेका छौं,’ थापाले अनलाइनखबरसँग भने, ‘यी कुकुरहरुले विष्फोटक पदार्थ सामाग्रीहरु पत्ता लगाउने गरेका छन् ।

dog-2

भारतबाट आउने प्रत्येक ठूला साना सवारी साधन, पैदल यात्री, रिक्सा, साइकल सबैलाई कुकुर र प्रहरी कर्मचारीद्वारा चेकजाँच गराएर मात्रै नेपालमा भित्रिन दिने गरेको थापाले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने दिन नजिकिँदै जाँदा यस क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । लुम्बिनीमा पुग्ने प्रत्येक नाका, राजमार्ग, लुम्बिनी क्षेत्रमा बढी आवत-जावत गर्ने व्यक्ति तथा सवारी साधनमाथि निगरानी बढाइएको प्रहरी प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment