Comments Add Comment

साथीको एटिमबाट पैसा चोर्ने केएफसीकी कर्मचारी पक्राउ

KFC

३ मंसिर, काठमाडौं । दरवारमार्गस्थित प्रसिद्ध केएफसी रेष्टुरेन्टमा कार्यरत कर्मचारी आफ्नै साथीको एटिएम दुरुपयोग गरि पैसा चोरेको अभियोगमा पक्राउ परेकी छन् ।
महानगरीय अपराध महाशाखाका अनुसार केएफसीमा काम गर्ने दिपुकुमारी राणा -लामा)ले सोही रेष्टुरेण्टमा कार्यरत उर्मिला गुरुङ्गको खाताबाट पैसा चोरेकी हुन् ।
माछापुछ्रे वैंकमा खाता खोली संचय गरेको रकम मध्ये दिपुले उर्मिला गुरुङ्गको एटिम कार्डको पिनकोड सहित चोरी गरि बैंकमा रहेको एक लाख ७३ हजार ५ सय २२ रुपैया बिभिन्न मितिमा निकालेको प्रहरीले जनाएको छ ।
आरोपित दिपु कमारी राणा (लामाको) घर कोठा खानतलासी गर्दा सो रकम मध्ये पचास हजार रुपैया बरामद भएकोले उनलाई वैकिङ कसुर अपराध अन्तर्गत मुद्धामा आवश्यक कारवाहीको बुधवा पक्राउ गरि हनुमाढोकामा राखिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment