Comments Add Comment

दाङमा ५४ हजार ‘सुकुम्वासी’ले निवेदन दिए

४ मंसिर, घोराही । दाङमा जग्गा प्राप्तिका लागि झण्डै ५४ हजार भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् ।

३५ दिनको अबधिमा ५३ हजार ८ सय भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले निवेदन दिएको सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति दाङले जनाएको छ । संकलित निवेदनहरु छुट्याउने, गाबिस छुट्याउने र वर्गिकरणको काम भैरहेको समितिका प्रवक्ता वंशिकुमार शर्माले जानकारी दिए ।

पुस महिनामा जग्गा पहिचान र निवेदन दिनेहरुको घरदैलोमा पुगेर पहिचान गरि माघ महिनाबाट तोकिएको मापदण्डका आधारमा जग्गा दिन सुरु गरिने कार्यतालिका रहेको छ । समितिले दाङ जिल्लामा करिब १८ हजार विगाहा ऐलानी जग्गा रहेको अनुमान गरेको छ ।

२५ सय निबेदन अलपत्र

यसैबिच दाङमा करिब २ हजार ५ सय निवेदनहरु अलपत्र परेका छन् । तोकिएको मिति भन्दा ढिलो गरी आएका सुकुम्बासी, भुमिहीन र अव्यवस्थित बसोबासीका निवेदनहरु समितिले प्रकृयामा लग्न नसकेपछि अलपत्र परेका हुन् । केन्द्रको कुनै पनि निर्देशन नभएकाले कात्तिक ३० गतेपछि आएका २ हजार ५ सय निवेदनहरु ग्रहण गर्न नसकिएको प्रवक्ता शर्माले बताए ।

ढिलो गरी जानकारी पाएको भन्दै निवेदनकर्ताहरुले भरेका आवेदनहरु सुकुम्बासी समस्या समाधान समितिको कार्यालयमा छाडेका छन् । कार्यालयको ढोका र झ्यालबाट फाईलहरु भित्र खसाएर आफूहरु फर्कीएको डुरुवाका चिल्लु चौधरीले बताए ।

कोईलाबास, ढिकपुर, उरहरी र डुरुवा लगाएतका गाबिसबाट आएका ति निवेदनका बारेमा केन्द्रमा जानकारी गराइएको समितिका नायब सुब्बा पर्साराम भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment