४ मंसिर, काठमाडौं । दस खेलाडीमा सिमित क्यामरुनलाई गोलरहित बराबरीमा रोकेपछि आईभरीकोष्ट सन् २०१५ मा हुने अफ्रिकन कप अफ नेशन्सकालागि छनौट भएको छ ।
छनौट चरणको गु्रप ‘डी’मा रहेको आईभरीकोष्टलाई केबल बराबरीले पुग्थ्यो । बराबरी खेल्दै उ गु्रप ‘डी’को उपबिजेता बन्दै कप अफ नेशन्सकालागि छनौट भयो ।
जब रेफ्रीले समय सकिएको संकेत गर्न सिठ्ठी फुके तब मैदानमा नाटकीय दृष्य देखियो । निर्धारित समय सकिने बित्तिकै आईभरीकोष्टका समर्थकहरु मैदानमा प्रवेश गरे ।
छनौटको खुसीले मातिएका उनीहरुले मैदानको एकातिरको गोलपोस्टको क्रसबारमा झुन्डिएर बङ्ग्याएका थिए । रेलिङ नाघ्दै मैदानमा छिरेका समर्थकहरुले आईभरीकोष्टका खेलाडीहरुलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए ।
सयौंको संख्यामा मैदानमा प्रवेश गरेका समर्थकहरुलाई रोक्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई लाठीचार्ज गर्नुपरेको थियो ।
आईभरीकोष्टका समर्थकहरु मैदानमा छिरेपछिका दृष्य हेर्नुस्
(तस्वीरहरु डेलीमेल अनलाइनबाट)
प्रतिक्रिया 4