Comments Add Comment

विप्लवलाई सम्वन्ध विच्छेद नगर्न पम्फाको आग्रह

८ मंसिर, काठमाडौं । नेकपा-माओवादीले सचिव नेत्रविक्रम चन्दलाई पार्टीसँगको सम्वन्ध विच्छेद नगर्न आग्रह गरेको छ ।

सोमबार चन्दले अध्यक्ष मोहन वैद्यसँग सम्वन्ध विच्छेद गरेको घोषणा गरेलगत्तै माओवादी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति निकालेर पार्टीबाट अलग नरहन आग्रह गरेकी हुन् ।

काठमाडौंमा जारी केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी फुटाउने भूल नगर्न चन्द पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ ।

‘फेरि पनि इतिहासको टुटफुटको भूल नगरी कमी कमजोरीहरुबाट सच्चिएर पुनः जिम्मेवारीपूर्वक पार्टीमा आवद्ध रहन आह्वान गर्ने निर्णय लिइएको छ,’ प्रवक्ता भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पनि पढ्नुहोस्

माओवादी फुट्यो : वैद्यसँग सम्बन्धविच्छेद गर्ने विप्लवको घोषणा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment