Comments Add Comment

मिनी ट्रक पल्टिँदा दुईको मृत्यु

९ मंसिर, सिन्धुली । सिन्धुलीको कुशेश्वरदुम्जामा मिनीट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ । काभ्रेको बनेपाबाट सिन्धुलीको बस्तीपुर जादै गरेको बा ३ ख ३९५३ नम्बरको मिनिट्रक सोमबार राती कुशेश्वरदुम्जा- ६ मा दुर्घटना भएको हो ।

उक्त ट्रक दुर्घटनामा परि अन्य दुईजना घाईते भएका छन् । दुर्घटनामा परि सहचालक सिन्धुलीको बस्तिपुर गाविस-५ का ३६ बर्षीय गणेश तामाङ र काभ्रेको मत्स्य गाविस-७ का २६ वषिर्य जीवन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment