Comments Add Comment

राजपाक्ष मायादेवी मन्दिरमा, नागरिक अभिनन्दन

Lumbini

सलमान खान
९ मंसिर, लुम्बिनी । श्रीलंकाका राष्ट्रपति राजपाक्ष लुम्बिनी आइपुगेका छन् । राजपाक्षलार्इ खेलकुद मन्त्री पुरूषोत्तम पाैडेल र लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरेको अनलार्इनखबरकर्मी सलमान खानले जनाएका छन् ।

श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षको स्वागतका लागि लुम्बिनीको मायादेवी मन्दिरमा नागरिक अभिनन्दनको तयारी गरिएको छ । उनले मायादेवी मन्दिरमा करिब २० मिनेट पूजाआजा गर्नेछन् ।

राष्ट्रपति राजपाक्षको आगमनलार्इ मध्यनजर गरी लुम्बिनी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  पास विनाका सवारी साधनहरु चल्न दिइएका छैनन् ।

मन्दिर दर्शनका लागि आएका पर्यटकलाई भैरहवास्थित एयरपोट चोकमै रोकिएको छ ।

भारतसँगका सीमा नाकाहरु एकतर्फीरुपमा बन्द गरिएका छन् । नेपालबाट भारत जान छुट छ । तर, भारतबाट नेपाल छिर्न रोक लगाइएको छ ।

राजापाक्षको लुम्विनीमा करिब २ घण्टाको कार्यक्रम  छ । नेपाल सरकारले सहयोगका लागि राजापाक्षसँग परराष्ट्र मन्त्रालयका उप-सचिव घनश्याम भण्डारीलाई खटाएको छ ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment