Comments Add Comment

यसरी सुरू भयाे सार्क मन्त्रीस्तरीय बैठक (तस्वीरसहित)

SAARC-MINISTER'S-MEETING९ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मन्त्रीस्तरीयको ३६ औं बैठक मंगलबारबाट काठमाडौंमा शुरु भएको छ ।

होटल सोल्टीमा जारी बैठकमा सार्क सदस्य राष्ट्रका परराष्ट्र/बाहृय मामिला मन्त्री सहभागी छन् । बैठकले सार्कको समग्र कार्यसूची निर्धारण गर्ने छ ।

बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका परराष्ट्र/बाहृय मामिलामन्त्री सोमबारै राजधानी आइसकेका थिए ।

मन्त्रीस्तरीय बैठकको सुरुमा तस्वीर, तथ्यांक र रेखाचित्रयुक्त गरिबी निवारण तथा सार्क विकास लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्याभ्यास प्रतिवेदन सार्बजनिक गरिएको छ ।

यस्तै पोषणका लागि दक्षिण एसिया क्षेत्रीय कार्यसंरचना, सरसफाइसम्बन्धी दक्षिण एसिया कार्यसंरचना र दक्षिण एसियाली आर्थिक संघका लागि भावी कदम शीर्षकका प्रतिवेदन पनि बैठकमा सार्वजनिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकका थप तस्वीरहरु हेर्नुहोस्

SAARC-MINISTER'S-MEETING-NEPALSAARC-MINISTER'S-MEETING-INDIASAARC-MINISTER'S-MEETING-AFANISTANSAARC-MINISTER'S-MEETING-BANGALADESHSAARC-MINISTER'S-MEETING-PAKISTANBHUTANSAARC-MINISTERS-MEETING-SHRILANKASAARC-MINISTER'S-MEETING-MALDIVSतस्वीर सौजन्य : सूचना विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment