Comments Add Comment

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

mahila-hinsha

आरपी सुवेदी
९ मंसिर, नेपालगन्ज । बाँकेमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
मंगलबार सुरु भएको अभियानका क्रममा गृह मन्त्रालय र युएनडिपिको सहकार्यमा सशस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक परियोजना अन्तरगत हिंसा न्यूनिकरणको लागि तयार पारिएको पोस्टर सार्वजनिक बसमा टाँसिएको छ ।

युएनडिपिको सशस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक परियोजनाका नेपालगन्जका प्रमुख सतिश पाण्डेले १६ दिने अभियानको अवसर पारेर पहिलो चरणमा नेपालगन्ज-कोहलपुर रुटमा सञ्चालन हुने सार्वजनिक बसहरुमा हिंसालाई निस्तेज पार्ने सन्देश बोकेको पोष्टर टाँस्ने कार्य सुरुवात गरेको जानकारी दिए ।
बाँके र बर्दियाको लागि सो परियोजनाको कार्यक्रम हेर्दै आएका उनले समुदायमा हिंसा न्यूनिकरण गर्ने साथै सचेतना फैलाउनको लागि यस्तो खालको पोष्टरले मद्दत पुर्‍याउने भएकोले सबैको आँखा पर्ने र सबैको पहुँच पुग्ने भएकोले सार्वजनिक बसलाई रोजेको बताए ।
नेपालगन्जको धम्बोझी चौकमा बाँकेका प्रमुख जिल्ला अधिकारीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुशील सिंह राठौर, महिला विकास कार्यालय बाँकेकी सुपरभाईजर विन्दू कुँवर, साथी संस्था बाँकेकी कमला पन्त लगायतको सहभागितामा सो अभियान सम्पन्न गरिएको थियो ।
यसैबीच सो अभियानको बारेमा जिल्लामा हुने विभिन्न कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले लैङ्गीक हिंसा विरुद्धको सञ्जालले सो अभियान भरी जिल्लामा विभिन्न कार्यक्रमहरु तय भएको सो सञ्जालका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले जानकारी गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment