Comments Add Comment

भारतीय प्रधानमन्त्री मोदी काठमाडाैंमा

Modi९ मंसिर, काठमाडौ । काठमाडौमा बुधवारदेखि सुरु हुने १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडाैं अाइपुगेका छन् । मोदीलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले विमानस्थलमा स्वागत गरेका थिए ।

भारतको झारखण्डमा भएको सभासलाई सम्बोधन गरेपछि मोदी भारतको चाइबासाबाट काठमाडौका लागि प्रस्थान गरेका थिए ।

सार्क शिखर सम्मेलनका लागि नेपाल आउनुअघि मंगलवार विहान मोदीले नयाँ दिल्लीमा प्रेस विज्ञप्ति जारी गरी नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।

उनले विज्ञप्तिमार्फत नेपालसँगको बिशिष्ट सम्बन्धका कारण चार महिनाको अन्तरमा दोस्रो पटक काठमाडौं भ्रमणमा जान लागेको जानकारी गराएका हुन् । मोदीले नेपालसँगको सम्बन्ध अझ विकास गर्ने बताएका छन् ।

क्षेत्रीय तहमा सामाजिक-आर्थिक विकाससँगै एकीकृत दक्षिण एशियाको समझदारीमा अघि बढ्न द्विपक्षीय, क्षेत्रीय वा उपक्षेत्रीय पहलकदमी लिने समेत मोदीले प्रतिवद्धता जनएका छन् ।

मोदीले सार्क शिखर सम्मेलनका अवसरमा आफूले दक्षिण एशियाली सरकार प्रमुख तथा समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment