+
+
Shares

भुटानमा नेपाली सामान लैजान भारतले किन दिँदैन ?

नेपालबाट भुटानमा बियर, तयारी चाउचाउ, साबुन, जुस, धुप, हाते झोलालगायत बस्तुको बजार भएर पनि मागअनुसार हामीले सामान पठाउन सकेका छैनौं ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ११ गते १०:४९

रवीन्द्र अधिकारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन् “दक्षिण एशियाली राष्ट्रहरुको कुल ब्यापार भारतको पक्षमा रहे पनि यो दिगो हुन सक्दैन, त्यसकारण यो क्षेत्रको व्यापारिक सम्बन्ध अझै बिस्तार हुनुपर्छ ।”

rabindra-adhikari-ब्यापार विस्तारका लागि दक्षिण एसियाली स्वतन्त्र ब्यापार क्षेत्र(साफ्टा) स्थापना भयो । तर, यो क्षेत्रभित्र कुल ब्यापारको ५ प्रतिशत हिस्सा मात्रै छ । ब्यापार बिस्तार र क्षेत्रीय आवद्ता वृद्धि गर्नकालागि ठोस कार्यक्रम बनाएर अगाडिबढ्न सके मात्र सार्कको सफलता रहनेछ ।

सम्मेलनको समयमा धेरै राम्रा प्रतिवद्दता व्यक्त गर्ने तर कार्यान्वयन कहिल्यै प्रभावकारी नहुने पुरानै रोग हो । साफ्टाको प्रभावकारी भूमिका नहुनु पनि यस्तै कारण हो ।

दक्षिण एसियाको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशतभन्दा बढी आर्थिक उत्पादन भारतले ओगट्छ । दक्षिण एसियामा १ अर्ब ६० करोड मानिसमध्ये ६० करोड गरिबीको रेखामुनि छन् । यस क्षेत्रको समग्र बिकास बिना कुनै एक राष्ट्र अघि बढ्न सक्दैन । तर, भौगोलिक रुपमा नजिक भएर पनि भौतिक पूर्वाधार, यातायात र व्यापारिक अवरोधका कारण सम्बन्ध धेरै टाढा छ । त्यसकारण सडक, जल, भिसा, भन्सार र ब्यापार सरलीकरण लगायतका समस्या समाधान नगरी ब्यापार बढ्न सक्दैन ।

नेपालबाट भुटानमा बियर, तयारी चाउचाउ, साबुन, जुस, धुप, हाते झोलालगायत बस्तुको बजार भएर पनि मागअनुसार हामीले सामान पठाउन सकेका छैनौं

नेपालमा आयातको ९३ प्रतिशत भारतबाट हुन्छ । ब्यापार तथा निकासी प्रबर्धन केन्द्रको तथ्यांक अनुसार अन्य सात मुलुकसँग अत्यन्तै न्यून छ । भारतपछिबंगलादेशबाट ३.४ प्रतिशत आयात हुन्छ । बाँकी भुटान, माल्दिभ्स,पाकिस्तान, श्रीलंका र अफगानिस्तानसँगको ब्यापार नगन्य छ ।
नेपालमा उत्पादित सामानहरुकोमाग यस क्षेत्रमा राम्रै छ । तर,भारतले लामो बाटोबाट मात्र लैजान दिएकाले निकासी कठीन भएको छ । जस्तो नेपालबाट भुटानमा बियर, तयारी चाउचाउ, साबुन, जुस, धुप,हाते झोलालगायत बस्तुको बजार भएर पनि मागअनुसार हामीले सामान पठाउन सकेका छैनौं ।

 काँकरभिट्टाको बाटोभन्दा बिराटनगरबाट सोझै जयगाउँ मार्फत सामान पठाउँदा सजिलो हुन्छ र नेपाली समानले प्रतिस्पर्धा गर्न सक्दछ । तर नेपालले बर्षौंदेखि मागेको यो बैकल्पिक मार्ग अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन । यो एउटा प्रतिनिधि उदाहरण हो ।

यदि ब्यापार सन्तुलन भारतको पनि चिन्ताको विषय हो भने यस्ता समस्यालार्इ छिटो सम्बोधन गर्न सक्नुपर्छ । नत्र ओठे चिन्ताको अर्थ रहँदैन

यदि ब्यापार सन्तुलन भारतको पनि चिन्ताको विषय हो भने यस्ता समस्यालार्इ छिटो सम्बोधन गर्न सक्नुपर्छ । नत्र ओठे चिन्ताको अर्थ रहँदैन ।
वास्तवमा सार्क राष्ट्रवीच अझैसम्म यातायात सम्पर्क स्थापित छैन,जसले गर्दा सार्क राष्ट्रसँग भन्दा बाहिरका मुलुकसँग नेपालको सम्बन्ध राम्रो छ । सीमा क्षेत्र र बन्दरगाहको पूर्वाधार कमजोर छ ।कागजी र प्रक्रियागत झन्झट यति डरलाग्दो छ कि जो कसैले ब्यापारगर्ने आँट नै गर्दैन ।

सकारण ब्यापार सहजीकरणका लागि प्रक्रियागत र कागजी झन्झट नहटाइकन यस क्षेत्रको ब्यापार बिस्तार असम्भब छ ।
सार्क राष्ट्रहरुले व्यापारका लागि छोटो बाटो र सरल प्रक्रियाका लागि ठोस कदम चाल्न धेरै नैढीलो भएको छ । ठूला ठूला कुराभन्दा साना साना कामबाट सार्क क्षेत्रमा ब्यापार सम्बन्ध बिकास हुन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?