Comments Add Comment

सार्कका शीर्षनेतालाई धुलिखेलमा शाकाहारी भोजन

SAARC-LEADERS-DURING-DINNER
शाकाहारी भोजन खाँदै सार्कका सरकार तथा राष्ट्र प्रमुखहरु । तस्वीर : भारतीय विदेश मन्त्रालयका प्रवक्ताको ट्वीटर

११ मंसिर, काठमाडौं । रिट्रिटका लागि धुलिखेल पुगेका सार्कका शीर्ष नेताहरुले द्वारिकाज रिसोर्टमा शुद्ध शाकाहारी खाना खाएका छन् ।

रिसोर्टले सार्कका विशिष्ठ पाहुनाका लागि बनाएको अलग्गै मेनुमा मासुजन्य कुनै पनि परिकार समावेश थिएन ।

विशिष्ठ व्यक्तिहरुको दिवा भोजको शुरुवात हरियो फलफूल सहितको सलादबाट भएको थियो । त्यस्तै भेज ममः र सुप सबैले चाखेका थिए ।

खानाको मुख्य परिकारमा भने नेपाली थाली खाना समावेश गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

रातो मार्सी, खैरो र सेतो तीनै थरि चामलको भात पकाइएको र चामल अर्गानिक तरिकाले उत्पादन गरिएको द्धारिकाज व्यवस्थापनले जनाएको छ ।

पूर्ण शाकाहरी दिवाभोजमा आठ प्रकारका तरकारी समावेश थिए । खाना खाएपछिको डिजर्टमा भने सार्कका आठै देशका परिकार राखिएको थियो ।

जसमा अफगानी बक्लवा, बंगलादेशी रसबरी, भुटानको दैसी, भारतको गुजराती बसुन्दी र जलेबीसँँग, माल्दिव्सको पिरिनी, नेपालको सिकर्मी, पाकिस्तानको शाही टुक्रा र श्रीलंकाको वाटालप्पन समावेश थिए ।

सार्क पाहुनाको लागि तयार पारिएको मेनु हेर्नुहोस्-

SAARC-MENU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment