+
+

क्रिकेट बलले लागेर अम्पायरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते ८:१३

PX*11472631

१४ मंसिर, काठमाडौं । इजरायलमा क्रिकेट बलले लागेर अम्पायरको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीले इजरायली क्रिकेट संघलाई उदृत गर्दै शनिबार ५५ वर्षीय अम्पायर हिलेल ओस्कारको निधन भएको बताएको छ ।

उनी इजरायलको राष्ट्रिय टीमका पूर्व कप्तान समेत हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार तिब्र गतिमा आएको बल पहिले विकेटमा लागेको थियो र त्यसपछि उक्त बलले अम्पायरलाई लागेको थियो ।

केहीले बलले उनको अनुहारमा लागेको बताएका छन् भने केही छातिमा लागेपछि हृदयघात भएको बताए ।

प्रहरीले पनि अम्पायरको मृत्यु भएको घटनामा गलत खेल नखलेको बताएको छ । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

उक्त खेल इजरायलको राष्ट्रिय लिगको थियो र अन्तिम खेल भएको बताइएको छ । इजरायल क्रिकेट संघका प्रमुखले भनेका छन्–‘हामी पनि आश्चर्यमा परेका छौं ।’

पाँच वर्षअघि वेल्समा पिल्डरले फालेको बलले लागेर एक अम्पायरको मृत्यु भएको थियो ।

बलले लागेर अष्ट्रलियाली व्याट्सम्यान फिलिप ह्यूजको निधन भएको केही दिनपछि यो घटना भएको हो । सिड्नीमा भएको एक खेलका क्रमा बलले टाउकोको पछिल्लो भागमा लागेपछि ह्यूज मैदानमै ढलेका थिए ।उनको उपचारका क्रममा बिहीबार निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?