Comments Add Comment

रक्सी ठानेर ‘स्प्रीट’ पिउँदा ३ महिलाको मृत्यु, २० भन्दा बढि बिरामी

नानाीराम नेपाल
१५ मंसिर,सिन्धुपाल्चोक । विवाहभोजमा सहभागी भएका बेला रक्सी ठानेर स्प्रीट खाँदा ३ जनाको मृत्यु भएको छ । झुक्किएर स्प्रीट पिउँदा सिन्धुपाल्चोक तातोपानी -३ थामीगाउँका सोममाया थामी, चर्कली थामी र धनमाया थामीको मृत्यु भएको हो ।

स्प्रीट सेवनले २० जना भन्दा बढि बिमार भएका छन् । उनीहरुको स्थानीय किस्टोन हस्पिटलमा उपचार भइरहेको छ ।

सोममाया र चर्कलीको घटनास्थलमै मृत्यु भएको र धनमायाँको उपचारका लागि काठमाडौ लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाकले जानकारी दिएको छ ।

‘रक्सी ठानेर स्प्रीट पिउँदा उनीहरुको मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक राजकुमार थापाले भने ।

प्रहरीका अनुसार उनीहरु विवाहभोजमा भाँडा माझ्नका लागि गएका थिए । भाँडा माझिसकेपछि छेवैमा बोतलमा रहेको स्प्रीटलाई रक्सी ठानेर सेवन गर्दा उनीहरुको ज्यान गएको हो ।

‘रक्सीका कारण उनीहरुको मृत्यु भयो भन्ने थियो’, प्रहरी निरीक्षक थापाले भने, ‘परिक्षण गर्दा स्प्रीट भन्ने पत्ता लाग्यो ।’ आइतवार राती भएको सो घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment