+
+

शाहरुखको जोडी बन्न काजोलले नमानेपछि ऐश्वर्याको इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १७ गते ९:०७

aishrya
मुम्बई । कुनै बेला चर्चित जोडी मानिन्थ्यो काजोल र शाहरुख खानको । तर, अहिले बेला यस्तो पनि आयो- काजोलले शाहरुखसँग जोडी बाँध्न मानिनन् ।
रोहित सेठ्ठीको निर्देशनमा किशोर कुमार र मधुबाला अभिनित सुपरहिट फिल्म ‘चलती का नाम गाडी’ को रिमेक बन्ने भएको छ । यही फिल्ममा अभिनय गर्न रोहितले गरेको प्रस्तावलाई काजोलले अस्वीकार गरेकी हुन् ।
काजोलले नमानेपछि ऐश्वर्या रायकहाँ पुगेका रोहित अहिले मख्ख छन् । कारण, ऐश्वर्याले काम गर्ने सहमति जनाइ सकेकी छिन् ।
आमा बनेपछि पनि ऐश्वर्यालाई फिल्म खेल्ने प्रस्ताव धेरै निर्देशकले राखेका छन् । यस अघि करण जौहरले ‘ए दिल है मुस्किल’ मा रणबीर कपुर र अनुष्का शर्मा सँगै ऐश्वर्यालाई पनि कामका लागि प्रस्ताव गरेका थिए । त्यसो त सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ मा उनले काम गर्ने सहमति जनाइसकेकी छिन् ।
तर, आमा बनेकी ऐश्वर्याको कुन फिल्म पहिलो हुने हो अझै टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?