Comments Add Comment

सेन्सर सदस्यको झर्‍यो आँशु, बालक निर्देशकको कामको तारिफ

love-u-baba-censor
मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ यू बाबा’ले चलचित्र सेन्सर बोर्डबाट ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको छ । मंगलबार चलचित्रको सेन्सर भएको कलाकार गजित बिष्टले जानकारी दिएका छन् ।

८ बर्षका निर्देशक सौगात बिष्टको कामलाई सेन्सरका सदस्यहरुले रुचाएका छन् । बाबु र छोरीको कथालाई पर्दामा उतारेको चलचित्र हेरेर बोर्डका सदस्य रोएका थिए ।

चलचित्रका थुप्रै दृश्यमा आफूहरुले मन थाम्न नसकेको बोर्डका सदस्यहरुले जनाएका छन् । संगम बिष्ट, गजित बिष्ट, निष्मा घिमिरे, निर्मल शर्मा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउँनेछन् ।

चलचित्रका निर्देशक सौगात बिष्टको नाम ‘विश्व रेकर्ड’मा लेखाउने तयारी पनि गरिएको छ । यसअघि भारतका ९ बर्षका एक बालकले चलचित्र निर्देशन गरेर विश्व रेकर्ड बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment