Comments Add Comment

शिक्षिका कुट्ने प्रधानाध्यापकलाई सार्वजनिक मुद्दा

१७ मंसिर, सोलुखुम्बु् । आफ्नै सहकर्मी दुई जना शिक्षिकालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चिवाङ प्रावि सुर्के सल्लेरीका प्रधानाध्यापकलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ ।

गत मङ्सिर ८ गते विद्यालय सञ्चालन भइरहेको बेलामा आपसी विवाद हुँदा सहकर्मी शिक्षिका रमिला कार्की र सुशीला राईलाई कुटपिट गरी घाइते बनाएपछि प्रहरीले प्रधानाध्यापक रामकाजी राजभण्डारीलाई सोही दिनदेखि हिरासतमा राखेको थियो ।

पीडितले दिएको जाहेरीको आधारमा प्रधानाध्यापक राजभण्डारीलाई मङ्गलबार सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घाइतेमध्ये सुशीला राई सामान्य रहेको र शिक्षिका रमिला कार्कीलाई टाउकोलगायत ढाडमा चोट लागेकाले उपचारका लागि फाप्लु अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि शिक्षिका र प्रधानाध्यापकबीचको विवाद सार्वजनिक भइरहेको सो विद्यालयमा त्यस दिन शिक्षिकाले आफू माथि हातपात गरेपछि आफूले प्रतिकार गरेको प्रधानाध्यापक राजभण्डारीले बताएका छन् ।

शिक्षिका रमिलाले आफू कक्षामा पढाइरहेको बेला एक्कासी प्रधानाध्यापकले आक्रमण गरेको आरोप लगाएकी छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment