Comments Add Comment

आर्यन र केकीलाई अवार्ड, ‘मोक्ष’ उत्कृष्ट चलचित्र(फोटो फिचरसहित)

aaryan-aaward

२ दिनको अन्तरमा आयोजना भएका २ अवार्ड समारोहमा नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी उत्कृष्ट ठहरिएका छन् । सोमबार आयोजित ‘कामना अवार्ड’मा उत्कृष्ट नायक तथा नायिकाको अवार्ड जितेका यी दुई कलाकारले आज आयोजना भएको ‘छैटौ डी सिने अवार्ड’मा पनि सोही विधामा अवार्ड जितेका छन् ।

काठमाण्डौको प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना भएको अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीहरुको उल्लेख्य उपस्थिती थियो । डीजिटल प्रविधिमा बनेका चलचित्रहरुलाई मात्र अवार्ड प्रदान गर्दै आएको छायााछवि क्रियशनले अवार्डको आयोजना गरेको हो ।priyanka-karki

समारोहमा क्रिटिक्स अवार्डबाट नायिकातर्फ नम्रता श्रेष्ठ, नायकतर्फ अर्पण थापा पुरस्कृत भए । यस्तै, छायांकार संजय लामा पनि क्रिटिक्स अवार्ड पाउन सफल भए । यस्तै, प्रोत्साहन अवार्ड फेशन डिजाइनर निलिमा शर्मालाई प्रदान गरियो भने पब्लिक च्वाइस अवार्ड चलचित्र ‘मोक्ष’का कलाकार कोशिश क्षेत्रीले प्राप्त गरे ।

bidur-mithila-and-sundarwilson-bikram

यस्तै, कार्यक्रममा ‘चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरियो । ‘छायााछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरियो ।gharana-thapa

karisma-manandhar

कार्यक्रममा ‘जुरी अवार्ड’बाट भने चलचित्र ‘मौन’का निर्देशक सुरज भुषाल पुरस्कृत भए । विभिन्न २२ विधामा प्रदान गरिएको अवार्डमा चलचित्र ‘छ एकान छ’ र ‘नाई नभन्नु ल २’ले सर्वाधिक ५-५ विधामा अवार्ड हात पारे ।ashisma-wilson-and-rista

२२ विधामा अवार्ड जित्न सफल चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छ  :
१. उत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
२. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
३. उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त (लोफर)
४. उत्कृष्ट नृत्य निर्देशक : शंकर वीसी (बितेका पल)
५. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
६. उत्कृष्ट गायिका : दुर्गा परियार (महशुश)
७. उत्कृष्ट गायक : प्रेम परियार (नाई नभन्नु ल २)
८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २)

puja-sharma
९. उत्कृष्ट नव नायिका : पुजा शर्मा (मधुमास)

१०. उत्कृष्ट नव नायक : श्याम अर्याल (प्रोड्यूसर)

shyam-aryal
११. उत्कृष्ट नव निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला (छ एकान छ)
१३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य (छ एकान छ)
१४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की (नाई नभन्नु ल २)
१५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट लेखन : दीपकराज गिरी (छ एकान छ)
१७. उत्कृष्ट सम्पादन : विपिन मल्ल (बितेका पल)
१८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (छ एकान छ)
१९. उत्कृष्ट नायिका : केकी अधिकारी (महशुश)
२०. उत्कृष्ट नायक : आर्यन सिग्देल (महशुश)
२१. उत्कृष्ट निर्देशक : विकास आचार्य (नाई नभन्नु ल २)
२२. उत्कृष्ट चलचित्र  : (मोक्ष)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment