Comments Add Comment

बुद्ध धर्मालम्बी गुरुङ समुदाय तेङ्यूर पूजामा

१८ मंसिर, काठमाडौं । गुरुङ् समुदायले बुद्ध धर्ममा सबैभन्दा ठूलो ग्रन्धको पाठ गरि तेङ्यूर पूजा गरेका छन् । विश्व शान्ति, पशुपन्छीको सुख शान्ति र भडि्कएको आत्माको सुख शान्तिको लागि एकसातासम्म तेङ्यूर पूजाको आयोजना गरिएको आयोजक तमू बौद्ध सेवा समितिकी केन्द्रीय सदस्य लक्ष्मी गुरुङले बताइन् ।bhudha-pakistan-1

२ सय १६ ठेलीको पुस्तक पढ्नुपर्ने उक्त पूजा जो सुकैले आयोजना गर्नसक्ने उनले बताइन् । तमू बौद्ध सेवा समितिले स्थापना कालको २५ वर्ष पूरा भएको उपलक्ष्यमा बुद्ध धर्म महायानीको सबैभन्दा ठूलो तेङ्यूर पूजाको आयोजना गरेको समितिका संस्थापक उपाध्यक्ष सतीदेबी गुरुङले बताइन् ।

मंसिर १३ गतेबाट शुरु भएको पूजा मंसिर २० गते रिन्पोछें थङकुबाट ओङ (आशिर्वाद) लिएपछि समापन हुनेछ । एक सातासम्म गरिने यो पूजामा ८० जना लामाले ग्रन्ध पाठ, प्रवचन तथा पूजा गरेका छन् । पूजामा आचार्य गुरु माया गुरुङ मुख्य रेन्पोछेंको रुपमा छिन् ।

आयोजक संस्थाका अध्यक्ष रुपबहादुर गुरुङका अनुसार संस्थाले स्थापना दिवसको अवसरमा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरीसकेको छ । संस्थाले आउदो फागुन महिनामा स्थापना दिवस भब्य रुपमा मनाउने कार्यक्रम रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment