Comments Add Comment

संविधानसभा र सरकार विघटन गर : वैद्य

kiran-in-nepalgung

आरपी सुवेदी

१८ मंसिर, नेपालगञ्ज । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभा गठन गर्न माग गरेका छन् ।

पार्टीको थारुवान राज्य समितिले बिहीबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैद्यले भने-‘हाम्रो पार्टीको तत्कालिन माग संविधान सभाको तत्काल विघटन गर्दै सर्वपक्षिय राजनीतिक सभाको गठन गर्दै त्यसै सभा मार्फत संविधान जारी गरिने रहेको छ ।’

बैद्यले अहिलेको संविधानसभाबाट संविधान जारी हुन नसक्ने ठोकुवा गरे । उनले भने-‘जनयुद्धको ठूलो हिस्सा संविधान सभा बाहिर रहेको अवस्थामा पेलेर पाश्चगामी संविधान जारी गरिए हामीलाई मान्य हुँदैन ।’

माओवादी अध्यक्ष बैद्यले संविधान सभासँगै वर्तमान सरकार पनि विघटन गर्नु पर्ने माग गरेका छन् । उनले भने-‘वर्तमान सरकारले धेरै राष्ट्रघाति कामहरु गरेको छ । पाश्चगामी संविधान जारी गर्ने प्रयास पनि गरिरहेको छ । राष्ट्रघाती काम गर्ने सरकारका कार्यशैलीका कारण तत्काल विघटन गर्नुपर्छ ।’

विप्लवको पदीय महत्वकांक्षाले पार्टी टुक्रियो

पार्टीका तत्कालिन सचिव नेत्रविक्रम चन्द विप्लवको पदीय महत्वकांक्षा बढेको कारण पार्टी टुक्रिएको उनले बताए ।

बैद्यले भने-‘केही साथीहरु जानु भएको छ । हामीले आउनुस छलफल गरौं, भएका त्रुटी र कमजोरीलाई केलाउँदै अघि बढौ भनेर उहाँहरु -चन्द समूह)लाई आग्रह गरेकै हो । तै पनि आफै चोईटिएर जानु भयो ।’

उनले थारुवान राज्यसमितिमा रहेका पार्टीका १२ जना केन्द्रीय सदस्य मध्य ४ जना मात्र चन्दतिर लागेको जानकारी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment