Comments Add Comment

नेबिसंघको एघारौं महाधिवेशन अझै अन्यौल

१८ मंसिर, काठमाडौ । विभिन्न ११ जिल्लामा प्रतिनिधि छनोटको विवाद साम्य नहुँदा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनको मिति तोक्नमा कठिनाइ देखिएको छ ।

nebisangयसअघि गत कात्तिक ३० देखि मंसिर २ गतेसम्म काठमाडौंमा हुने भनिएको संघको महाधिवेशन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनका कारण जनाउँदै कात्तिक २७ गते स्थगित गरिएको थियो । त्यसअघि पनि छैटौंपटकसम्म महाधिवेशन स्थगन भइसकेको छ ।

संघको प्रतिनिधि विवाद मिलाउन र महाधिवेशन गराउन पार्टीबाट गठित महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वको निर्देशक समितिको बैठक सार्क सम्मेलनपछि बस्न सकेको छैन ।

संघका पदाधिकारी संस्थापन र अर्को पक्ष आ-आफ्ना गुटगत पक्षमा देखिँदा प्रतिनिधि चयनमा खिचातानी उत्पन्न भएको हो ।

नेविसंघका कार्यबाहक सभापति मनहरि श्रेष्ठले हालसम्म ६३ जिल्लामा प्रतिनिधि छनोट भइसके पनि सिरहा, धनुषा, रौतहट, कञ्चनपुर, सुर्खेत, कास्की, पर्सा, रुपन्देही र मुस्ताङलगायतका जिल्लामा कुरा नमिलेको जानकारी दिए । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले ५० प्रतिशतका आधारमा प्रतिनिधि चयन गर्न माग गरेकाले विवाद भएको उनको दाबी छ ।

कतिपय नेता महाधिवेशन तोक्नुभन्दा विद्यमान कार्य समिति विघठन गरी नयाँ कार्य समिति गठनमा पनि सक्रिय भएकाले स्थिति अन्योलग्रस्त भएको श्रेष्ठले बताए ।

संघको हाल आठ जिल्लामा समानान्तर कमिटी कायम छ । महाधिवेशनमा करिब दुई हजार ८०० प्रतिनिधिले भाग लिने अनुमान गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment