Comments Add Comment

मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै ‘तितोसत्य’को प्रसारण रोकियो

dipakraj-giriकाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेको भन्दै हाँस्य सिरियल ‘तितोसत्य’ प्रशारण रोकिएको छ ।
नेपाल टेलिभिजनमा सेन्सर शाखाको निर्देशनमा सिरियलको बिहीबारको प्रशारण रोकिएको हो ।
‘मोदीमाथि ब्यङग्य गरिएको भन्दै नेपाल टेलिभिजनले प्रसारण गर्न मानेन्’ तितोसत्यका निर्देशक दीपकराज गिरीले अनलाइनखबरसँग भने । नयाँ श्रृङ्खला प्रसारण रोकिएपछि बिहीबार पुरानै भागको पुनः प्रसारण गरिएको थियो ।
लोकतान्त्रिक मुलुकमा विश्वका कुनै पनि ब्यक्तिमाथि ब्यङग्य गर्न पाइन्छ भन्दै गीरी आफैले नेपाल टिभीका कर्मचारीलाई सम्झाउन खोजेका थिए तर, एनटिभीका कर्मचारीले गिरीको आग्रहलाई टेरेनन् । उल्टै ‘तीतोसत्य’ ले बर्बादै पार्न लाग्यो भन्दै मन्त्रालयमा फोन गरेर पोल लगाए ।
एनटिभीका कर्मचारीले विषयबस्तु नबुझ्दा बेला बेलामा यस्तो समस्या पर्ने गरेको छ । अनलाइनखबरसँग कुरा गर्दै गिरीले भने ‘यो पहिलो घटना होइन । एनटिभीका कर्मचारीले विषय नबुझेर पटकपटक दुःख दिएका छन् तर, अब म सहन्न ।’ अर्को हप्ता पनि नयाँ एपीसोड सुटिङ नगर्ने जानकारी दिदै उनले भने ‘ म अर्को हप्ता पनि मोदीकै क्यारिकेचर भएको एपिसोड लगेर बुझाउँछु, भारतीय टेलिभिजनले त क्यारिकेचर गर्छन भने हामीले किन नपाउने ?’
अमेरिकी राष्ट्रपति बाराक ओबामा आफुलाई ब्याङग्य गर्ने कार्यक्रममा सहभागी हुने गरेको भन्दै दीपकले भने- ‘लोकतन्त्र केबल कागजमा ल्याएर हुँदैन, बिधिमा पनि ल्याउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment