Comments Add Comment

नेवार समुदायले योमह्री पुन्ही मनाउँदै, आजै ज्यापु दिवस

२० मंसिर, काठमाडौं । उपत्यकाका नेवार समुदायले शनिबार हर्सोल्लासका साथ योमरी पुन्ही मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ ।

yomariसोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रुपमा पनि लिने गरिएको छ ।
योमरी एक विशेष प्रकारको रोटी हो । योमरी पुन्हीका दिन गृहिणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो ।

सबैलाई मनपर्ने भएकाले नै यसको नाम ‘योमरी’ राखिएको संस्कृतिविदहरुको भनाइ छ । यसरी बनाइएको योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ । यसरी चढाएको योमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने चलन छ ।

नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढिकुटी पूजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ । आजै धान्यपूर्णिमा पनि हो । विभिन्न धर्म र सम्प्रदायमा आज आ–आफ्ना दिवालीका साथै इष्टदेवको पूजा गर्ने गर्दछन् ।
यसैगरी ज्यापु संस्कृतिको रक्षाका लागि विभिन्न कार्यक्रमको अायोजना गरी ज्यापू दिवस मनाइँदैछ । २०६१ सालदेखि योमरी पुन्हीकै दिन यो दिवस मनाउने गरिएको छ । ज्यापु संस्कृति संवद्धनका लागि यसको सन्देश नयाँ पुस्तामा पुर्याउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment