Comments Add Comment

एन्फालाई २ हजार डलर जरिवाना गर्ने एएफसीको निर्णय

U-16-football-team

२० मंसिर, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

साथै एएफसी यू–१६ च्याम्पियनसिपमा नेपालले गरेको दुर्इ गोल खोसिएको छ । उज्वेकिस्तान र कोरियाविरुद्ध गरिएको गोल खोसिएको हो ।

एएफसी यू–१६ च्याम्पियनसिपमा नियम उल्लंघन गरेको आरोपमा एएफसीले एन्फालाई झण्डै २ लाख रुपैयाँ जरिवाना गरेको हो । एएफसीले ३० दिनभित्र यो रकम बुझाउन एन्फालाई भनेको छ ।

एएफसी यू–१६ च्याम्पियनसिपमा उज्वेकिस्तान र कोरियासँगको खेलमाखेलाडीहरुको योग्यतासम्वन्धी आर्टिकल २२.२ उल्लंघन भएको एएफसीको अनुशासन कमिटीको ठहर छ ।

नेपालको गोल खोसियो

थाइल्याल्याडमा ७ सेप्टेम्बरमा उज्बेकिस्तानविरुद्ध नेपालले १-१ को बराबरी खेलेको थियो । नेपालका किरण सुनारले खेलको इन्जुरी टाइममा गोल गरेर उज्वेकिस्तानलाई वरारबरीमा रोकेको थियो ।

तर, अब यो गोलको मान्यता हुने छैन। अनुशासनको कारबाही स्वरुप नेपालले गरेको गोल खोसेर अब उज्वेकिस्तानलाई ३-० ले विजयी घोषणा गरिएको छ।

यस्तै ११ सेप्टेम्बरमा उत्तर कोरियासँग भएको खेलमा अनन्त तामाङले २६ ‌औँ मिनेटमा गरेको गोल पनि खोसिएको छ। खेल कोरियाले ४-१ ले जितेको थियो ।

तर, एएफसीले कारबाही गर्दै खेलको परिणाम ३-० घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment