Comments Add Comment

‘नक्कली मोदी’बारे मिनेन्द्र रिजाल र नीर शाहको चासो

dipakraj-giri
२० मंसिर, काठमाडौ । कलाकार दीपकराज गिरीले नक्कली मोदी बनेर अभिनय गरेको ‘तीतो सत्य‘ टेलिश्रृंखलाको प्रसारणमा रोक लगाउने नेपाल टेलिभिजनका कर्मचारीमाथि छानविन हुने भएको छ ।

तीतो सत्यको प्रशारण रोकिएको बारे सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले चासो व्यक्त गर्दै यसबारे बुझ्ने गिरीलाई आश्वासन दिएका हुन् ।

नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले पनि तीतो सत्यको प्रशारणमा कर्मचारीबाट रोक लगाइनु गलत भएको बताएका छन् ।

नेपला टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाइँले तीतो सत्यको समस्या शनिबार दिनभरिमा समाधान हुने अनलाइनखबरलाई बताए । हुमागाईले यसलाई मिलाउने जिम्मा कार्यक्रम निर्देशकको रहेको बताए ।

minendraमन्त्री रिजालको आश्वासन

प्रशारण रोकिएको विषयमा ब्यापक हल्ला भएपछि शुक्रबार सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र गिरीवीच संवाद भएको थियो । सञ्चारमन्त्री रिजालको भनाइ उद्धृत गर्दै दीपकराजले भने ‘के भएको रहेछ, म बुझ्छु भन्नुभएको छ ।’

नीर शाह भन्छन्- रिसियल रोकिनु लाजमर्दोnir shah

मोदीलाई व्यंग्य गरिएकै भरमा सिरियलको प्रशारण रोकिनु लाजमर्दो काम भएको नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले बताएका छन्ण् ।
‘टेलिभिजनबाट कुनै पनि कार्यक्रम प्रशारण गर्नुअघि हेरेर छलफल गर्ने परिपाटी हुन्छ तर, विनाकारण रोक्न पाइँदैन ।’ शाहले अनलाइनखबरसँग भने ‘जसलाई कार्यक्रम हेर्ने अख्तियारी दिएको छ, उसले हेरेर रोक्न पनि पाउनुपर्छ तर, जसरी तीतो सत्य रोकियो, यो सहज भएन ।’

प्रसारण गर्न नदिए तीतो सत्यको शुटिङ रोकिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग्य गरेकै कारण आफ्नो सिरियल रोकिएको दाबी गर्ने दीपकराजले रोकिएको आफ्नो सिरियललाई जसरी पनि प्रशारण गराएरै छाड्ने बताएका छन् ।

‘कि त मलाई गल्ती गरिस् भनेर कार्वाही गर्नुपर्‍यो, होइन भने प्रशारण गर्नुपर्‍यो, दीपकराजले अनलाइनखबरसँग भने,’यो एपीसोड प्रशारण नभई अर्को एपीसोड सुटिङ नै गर्दिँन ।’

मोदीलाई व्यंग्य गरिएकै कारण दीपकराज गिरी निर्देशित हास्य टेलिश्रृङखला ‘तीतोसत्य’ को प्रशारण नेपाल टेलिभिजनले रोकेपछि मोदीको प्रभाव नेपाल टेलिभिजनसम्म देखिएको गिरीको आरोप छ ।

निर्देशक गिरीको भनाइअनुसार नेपाल टेलिभिजनका कर्मचारीहरु बेलाबेलामा कतिपय कार्यक्रम प्रशारण गर्न मिल्दैन भन्दै रोक्छन् । तर, किन रोकिएको हो भन्ने कारण दिन सक्दैनन् ।

बिहीबारको तीतो सत्यका सन्दर्भमा पनि नेपाल टेलिभिजिन प्रशारण शाखाका कर्मचारीले दीपकराजलाई ‘तपाईको यो भाग प्रशारण गर्न मिल्दैन’ भन्दै मोदीको प्रशंगमा सेन्सर गर्न खोजे । दीपकराजले किन मिल्दैन भन्ने प्रश्न गर्दा जवाफ पाएनन् ।

दीपकराज भन्छन् ‘हाम्रा कर्मचारीमा मोदीको छाँया यति गढेको छ कि यस्तै हुने हो भने अबको केही वर्षपछि भारतमा फोन गरेर दसै आयो मानुम् कि नमानुम् भनेर सोध्न बेर लाउँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment