Comments Add Comment

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

२० मंसिर, नुवाकोट । नुवाकोटको सुन्दरादेवीमा शनिवार विहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुप्चेश्चरबाट तीर्थालु बोकेर बट्टारतर्फ आउादै गरेको बा२ख २८८९ नम्बरले सुन्दरादेवी गाविस सुन्दरादेवी गाविस-१ चैतेचोकमा ठक्कर दिँदा बाह्रबिसेका ३५ वर्षीय गोपाल न्यौपानेको मृत्यु भएको हो ।

बसको ठक्करबाट पैदलयात्रु न्यौपानेको घटनास्थलमा नै मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासीले केहीबरे सडक बन्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment