Comments Add Comment

रमेश खरेललार्इ उत्कृष्ट प्रहरीको सम्मान

रमेश खरेल
रमेश खरेल

२१ मंसिर, चितवन । एसएसपी रमेश खरेलले उत्कृष्ट प्रहरीको सम्मान पाएका छन् । भूतपूर्व प्रहरी संगठनले आफ्नो २४ औं वाषिर्क उत्सवको अवसरमा भरतपुरमा आयोजना गरेको कार्यक्रममा एसएसपी खरेललाई उत्कृष्ट प्रहरी अधिकृतका रुपमा सम्मान गरेको हो ।

संगठनका अध्यक्ष वसन्तराज कुँवरले एसएसपी खरेललाई प्रशंसापत्रसहित सम्मान गरेका थिए । त्यस्तै संगठनले उत्कृष्ट काम गर्ने छ जिल्लालाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्वाञ्चलबाट झापाका अध्यक्ष खड्गबहादुर खड्का, मध्यमाञ्चलबाट चितवनका अध्यक्ष चक्रबहादुर कार्की, पश्चिमाञ्चलबाट कास्कीका अध्यक्ष एकनारायण शर्मा, मध्यपश्चिमबाट दाङका अध्यक्ष रोहवर बस्नेत, सुदुरपश्चिमबाट कञ्चनपुरका अध्यक्ष र उपत्यकाबाट काठमाडौंका अध्यक्ष पुरस्कृत भएका हुन् ।

अध्यक्षमा कुँवर

साधारण सभाले संगठनका कार्यबाहक अध्यक्ष पूर्वएसएसपी वसन्तराज कुँवरलाई नै राष्ट्रिय अध्यक्षमा चयन गरेको छ । कुँवर सर्वसम्वत चयन भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा पूर्व एआईजी कल्याण तिमल्सिनालाई मनोनयन गरिएको छ । पूर्वएआईजीहरु अमरसिंह शाह, रुपसागर मोक्तान, अर्जुनजंग शाही, विनोद सिंह तथा पूर्वडिआईजी वीरशरण थापालाई उपाध्यक्षमा मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment