Comments Add Comment

‘पीके’ प्रमोशन गर्न सञ्जय जेल बाहिर निस्कने

sanjay datt pk
मुम्बई । जेल जीवन बिताइरहेका अभिनेता सञ्जय दत्तले प्रशासनसँग १४ दिनको छुट्टी मागेका छन् । छुटि्टको कारण नखुलाएपनि प्रदशोन्मुख फिल्म ‘पिके’ को प्रमोशनका लागि उनले छुट्टी मागेको बुभिएको छ ।
‘पिके’ सञ्जयको महत्वकांक्षी फिल्म हो भने अर्का अभिनेता अमिर खानले पनि पिकेले राम्र्रै सन्देश छाड्ने दाबी गरेका छन् ।
सञ्जयले पिकेप्रति बढी भरोसा गर्नुको अर्को कारण हो यसमा उनले निर्वाह गरेको चरित्र । उनको भनाइ अनुसार पिकेमा उनले सामाजमा सकारात्मक प्रभाव पार्ने चरित्र निर्वाह गर्ने अवसर पाएका छन् ।
जेल जीवनवाट छुट्कारा पाएपछि पुनः अभिनयमा सक्रिय हुने योजनामा रहेका सञ्जय आउँदा दिनमा असल मान्छे बनेर देखिने अभियानमा छन् ।
सन् १९९३ मा भएको बम काण्डमा गैर कानुनी रुपमा हतियार राखेको आरोप उनलाई लागेको छ । गैरकानुनी हतियार राखेको आरोपमा ५ वर्षको सजाय पाएका सञ्जयले अझै केही महिना जेल जीवन बिताउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment