Comments Add Comment

फ्रेस फेस: विकिनी लगाउनु ग्ल्यामर होइन : जान्वी बोहरा

Janwi bohara (6)

नेपाली चलचित्रका लागि जान्वी बोहरा नयाँ नाम हो । चलचित्र ‘सपना तिम्रो मेरो’मा अभिनय गरेर उनले रजतपटको पाइला अगाडि सारेकी हुन् । तर, उनले आफ्नो कअिरको सुरुवात भने रंगमञ्चबाट गरेकी हुन् । सडक नाटक, म्यूजिक भिडियो हुँदै चलचित्रको यात्रा थालेकी यी सुन्दरीले यसैमा भविष्य बनाउने सपना बुनेकी छिन् ।
चलचित्रमा अभिनय गर्दा तत्काल प्रतिक्रिया नमिलेपनि एक सय बर्षपछि पनि त्यसलाई हेर्न मिल्ने भन्दै उनले यो दुनियाँ रमाइलो लागेको बताइन् ।
अनलाइनखबरका लागि ‘फ्रेस फेश’ अन्र्तगत कुरा गर्दै जान्वीले आफ्नो चाहना चलचित्रमा खेल्ने र चलचित्र निर्माण गर्ने रहेको खुलाइन् । अरुको चलचित्रमा मात्र काम गर्नु भन्दा पनि आफैले बनाउँदा अझ नयाँ कुरा सिकिने उनको वुझाई छ ।

उक्त बिषयले दर्शकलाई सन्देश दिएको खण्डमा आफूलाई काम गर्न मन लाग्ने जान्वीले खुलाइन् । व्यवसायिक चलचित्र गरि हालौ भन्ने सोच नभएपनि सबै कुरा आफूले भनेजस्तो नहुने उनको वुझाई छ । आफूलाई अभिनय गर्न मन लागेको भूमिका निर्वाहा गर्न आफैले चलचित्र निर्माण गर्न लागेको उनको भनाई छ ।

उनले आफैले लगानी गर्न लागेको भन्दै लगानीकर्ताको आवश्यकता आफ्ना लागि नभएको बताइन् । समाजले नै पचाउन नसक्ने भूमिका नगर्ने जान्वी बताउँछिन् ।
नेपाली चलचित्रमा देखिएको अश्लिलता मानिसको छाडापन थियो भन्छिन् उनी । ‘टू पिस लगाउँदैमा ग्ल्यामर बनिदैन’, जान्वीले भनिन् ।
आफू नायिका भएर कलाकारितामा अगाडि बढ्छु या बढ्दिन भन्ने कुरा थाहा नभएपनि कलाकार भएर भने लामो समयसम्म जाने सोचाई उनको छ ।

आफू एक व्यवसायमा समेत संलग्न रहेको भन्दै उनले चलचित्र निर्माण व्यवसायका लागि गर्ने खुलाइन् । चलचित्रमा राम्री बनेर नायिका बन्नु भन्दा पनि समाजको समस्या र त्यसलाई सुल्झाउने तरिकाको बारेमा आफूलाई चलचित्रमा देखाउन मन लागेको उनको भनाई छ । चलचित्रको अफर आइरहेको बताउँदै उनले बिषयवस्तुले आफूलाई तान्ने तर्क गरिन् ।

Janwi bohara (2)

Janwi bohara (3)
Janwi bohara (4)

Janwi bohara (5)

Janwi bohara (1)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment