Comments Add Comment

बोल्ड नग्माको नायिका बन्ने सोच


३ वटा विज्ञापनमा मोडलिङ गरिसकेकी पुरानो नैकापकी नग्मा श्रेष्ठ १७ बर्षकी मात्र भइन् । नग्माको चाहना चलचित्रकी नायिका बन्ने छ । हालसम्म म्यूजिक भिडियो र चलचित्रमा काम नगरेकी नग्मा चाडै नै आफू यो क्षेत्रमा पनि आउने बताउँछिन् ।

एउटा व्यवसायिक नायिका बन्ने सोच उनको छ । उनले भनिन्-‘मलाई सानैबाट नायिका बन्ने सोच थियो । टीभी हेर्दा नायिकाहरुको कपाल उडेको, उनीहरुको नाचेको देख्दा मलाई पनि त्यस्तै बन्न मन लाग्थ्यो ।’

उनी, चलचित्रमा सबै खालको भूमिका गर्न सक्छु भन्छिन् । तपाइको खुबी के हो भन्ने प्रश्नमा उनले भनिन्-‘मलाई नृत्य र अभिनय गर्छु भन्ने लाग्छ । अझै खारिन अभिनय सिक्ने तयारीमा छु ।’

उनले आफूलाई सबै कलाकारसँग काम गर्न मन लागेको बताइन् । अझ, मह जोडी, दीपक-दीपाको जोडीसँग काम गर्न चाहना खुबै रहेको उनले अनलाइनखबरसँग भनिन् । यो क्षेत्रमा लामो समयसम्म टिक्छु भन्ने उनको सोच छ ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment