Comments Add Comment

फ्रेस फेसः म चलचित्रमा आउनु अगाडि नै बोल्ड थिएँः सिवानी(भिडियो कुराकानी)

साउन २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कहि कतै’की नव–नायिका सिवानी गिरीले आफूहरु नयाँ कलाकार भएपनि राम्रो काम गरेको बताएकी छिन् । अनलाइनखबरको ‘फ्रेस फेस’मा कुराकानी गर्दै सिवानीले आफूलाई ‘धोतिनी’ भन्दै कमेन्ट गरिएकोमा दुःख व्यक्त गरिन् । उनले भनिन्–‘म सिक्किममा जन्मिएपनि नेपाली नै हुँ । हामी नेपाली भाषा नै बोल्छौ । मलाई ‘धोतिनी’ भन्दा दुःख लाग्छ ।’

सिवानीले आफ्नो करिअर चलचित्रमा मात्र लगाउने भनेर नसोचेको बताएकी छिन् । उनले, मोडलिङ, गायन, कलाकारिताको रुपमा अगाडि बढाउने योजना रहेको बताइन् ।

सिवानीसँग गरिएको ‘फ्रेस फेस’को कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः


उनले, चलचित्रलाई पारिवारिक कथामा निर्माण भएको बताइन् । आफू चलचित्रमा इनोसेन्ट भूमिका रहेको उनले बताइन् । सिवानी सार्वजनिक कार्यक्रममा बोल्ड भएर पुग्ने गरेकी छिन् । सिवानी ठाउँ अनुसार पहिरन लगाउनुपर्ने बताउँछिन् । नायिका भएपछि सबैले पहिरनको याद गर्ने भएकाले पनि ठाउँ अनुसार पहिरन लगाउने गरेको उनले बताइन् ।

उनले भनिन्–‘म बोल्ड नै छु । म चलचित्र क्षेत्रमा आएपछि मात्र बोल्ड भएकी होइनँ । जुन ठाउँमा देखाउनुपर्छ त्यहाँ पुग्दा कुनै फरक पर्दैन । अंगप्रदर्शन गर्नु मात्र बोल्ड हुनु होइन ।’सिवानीले २ वटा स्टेज कार्यक्रममा नृत्य गर्दा आफूलाई अप्ठ्यारो परेको र त्यो जानीजानी नगरेको सुनाइन् । केही समय अगाडि आयोजना भएको एक अवार्ड समारोहमा सिवानीको नाच्दा नाच्दै भित्री बस्त्र फुस्किएको रहेछ । यस्तो समयमा आफूलाई अप्ठ्यारो परेको उनले बताइन् ।
सिवानीले आफू नयाँ कलाकार भएकाले चलचित्र हेरिदिन सबैसँग आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment