Comments Add Comment

उठबसको व्यायामले मृत्युको भविष्यवाणी गरिदिने

bayam 1
अहिलेसम्म संसारमा यस्तो कुनै यन्त्रको आबिस्कार भएको छैन जसले मानिसको मृत्युको भविष्यवाणी गर्न सकोस् ।
तर, हालै गरिएको एक अध्ययनले उठबस गरी गरिने ब्यायामले मानिसको मृत्युको भबिष्यवाणी गर्न सक्ने दावी गरेको छ ।
यो व्यायामको माध्यमबाट कुनैपनि मानिस कति वर्षसम्म बाँच्दछ भन्ने कुराको अड्कल काट्न सकिने अनुसन्धानकर्ताहरुको भनाइ छ ।
विरामीको लचकता तथा शक्तिको मापनका लागि ‘बस्ने-उठ्ने व्यायाम’को परीक्षण गरेका चिकित्सकहरुले यस्तो निष्कर्ष निकालेका छन् ।
उनीहरुले व्यायामका आधारमा अंक प्राप्त गर्ने स्कोरिङ प्रणालीको विकाश गरेका छन् । व्यायाममा कुल १० पूर्णाङ्ग निर्धारण गरिएको हुन्छ र व्यायामकर्ताले गरेको व्यायामको मात्रा तथा गुणका आधारमा उसलाई अंक दिइन्छ । यस्तो व्यायाममा ३ वटा वा सो भन्दा कम अंक प्राप्त गर्ने मानिसहरु ६ वर्षभित्रैमा मर्ने सम्भावना ८ नम्बर पाउने भन्दा ५ गुणा बढि रहेको शोधकर्ताहरुको ठहर छ ।

ब्राजिलको गामा फिल्हो विश्वविद्यालयका शोधकर्ता क्लाउडियो गिल अराउजु सहितको टोलीले सिटिङ राइजिङ टेस्ट अर्थात् एसआरटी नामको यो व्यायाम विधिको विकाश गरेका हुन् । यो विधि सुरुमा खेलाडीहरुको लचकता मापन गर्नमा प्रयोग गरिएको भएपनि हाल यसलाई विरामीको आयु मापनमा समेत उपयोग गर्न सकिने परीक्षण उनीहरुले गरेका छन् । मांशपेशीलाई सन्तुलनमा राख्न तथा दीर्घजीवनका लागि मानिस सक्रिय भैरहनुपर्ने शोधकर्ताहरुको भनाइ छ ।

bayam 2
मानिस बुढो हुँदै जाँदा मांशपेशी कमजोर हुँदै जाने र जिउको सन्तुलन गुम्दै जाने हुन्छ, जसका कारण हामी बसउठ गर्दा पनि ढल्न थाल्छौँ । मानिसको कमजोरी मापनका लागि यो विधि सबैभन्दा सरल हुने तथा कुनै उपकरणको आवश्यकता पनि नपर्ने भएकाले सबैले यसलाई प्रयोगमा ल्याउन सक्ने शोधकर्ता बताउँछन् ।
युरोपियन जर्नल अफ कार्डियोलोजीमा छापिएको रिपोर्ट अनुसार शोधकर्ताहरुले ५१ देखि ८० वर्ष उमेरका २ हजार २ जना वयस्क मानिसहरुमा यो परीक्षण गरेका हुन् । रियोको क्लिनीमेक्स व्यायाम चिकित्सा क्लिनिकमा यस्तो परीक्षण गरिएको हो ।
व्यायामका क्रममा बस उठ गर्दा कुर्सी वा घुँडा समाएको पाइएमा हरेक पटकमा १ अंक घटाइन्थ्यो भने सन्तुलन गुमाएमा आधा अंक घटाइन्थ्यो ।
त्यसक्रममा व्यायाममा कुल १० मा ८ भन्दा कम अंक पाउनेहरु आगामी ६ वर्षभित्रमा मर्ने सम्भावना बढि अंक पाउनेको भन्दा दोब्बर देखियो ।
त्यस्तै ३ भन्दा कम अंक पाउनेहरु ६ वर्षभित्रमा मर्ने जोखिम ५ गुणा बढि रहेको शोधकर्ताहरुको निष्कर्ष छ ।
शोधकर्ताहरुका अनुसार ५१ देखि ८० वर्षको उमेरमा मानिसको जिवन मरणको कुरा उसको मांशअस्थिपञ्जर स्वास्थ्यमा निर्भर गर्छ । त्यसैले मांशपेशी तथा अस्थीपञ्जर कमजोर भएका मानिसहरु यस्तो बसउठ व्यायाम गर्न असमर्थ हुने भएकाले उनीहरुको मृत्यु नजिक आएको अनुमान सहजै गर्न सकिन्छ ।
शोधकर्ताहरुका अनुसार व्यायाममा प्राप्त गर्ने अंक १ ले बढ्दा बढि बाँच्ने दर २१ प्रतिशतले बढ्छ ।

bayam 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment